
काठमाडौं । सुन्दरहरैँचा नगरपालिका–३ लिम्बुडाँडा बस्ने मनोज दमाईको छोरा ६ वर्षीय सिमोन दमाईको घर नजिकै रहेको पैनीमा डुबेर साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच धनुषा, बटेश्वर गाउँपालिका–४ कृष्ण चोक नजिकै बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । सुनसरी, गढी गाउँपालिका–२ भमरीस्थित शिव मन्दिर नजिकै हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी शिवराज नगरपालिका–१ चैनपुर बस्ने बाशुदेव शर्माको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ ।









