• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राजनीतिक स्वार्थ पूर्तिका लागि उपसभामुखलाई झुट्टा आरोप लगाएको दावी

  • १० भाद्र २०८२, मंगलवार १९:१२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दुई ठुला दलले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि उपसभामुख इन्दिरा रानालाई झुट्टा आरोप लगाएर हटाउन खोजेको बताएकी छन्‌ । हरितालिका तिजका अवसरमा रास्वपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले कारागारमा रहेका व्यक्तिका बच्चाहरूको पालनपोषणमा आफ्नो जीवन समर्पण गरेकी रानामाथि संवैधानिक परिषद्को अंकगणित र भागबन्डा मिलाउने नाममा कांग्रेस–एमालेले आचरणको कुरा उठाएर हटाउन खोजिएको र यसको जवाफ जनताले खोज्ने बताइन्‌ । संवैधानिक परिषदमा आफू अनुकूलका मान्छे नियुक्तिका लागि यो प्रपञ्च रचिएको उनको दाबी छ । सांसद गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पनि राजनीतिक प्रतिशोध साधेर मुद्दामाथि मुद्दा र जेलमा राखिएको बताइन्‌ । यसैबीच नेकपा एमालेको यही भदौमा हुन लागेको विधान महाधिवेशनको नारा तय भएको छ । भदौ २० देखि २२ गते सम्म हुन लागेको दोस्रो विधान महाधिवेशनका लागि एमालेले नारा तय गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय भएको छ । ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशभरबाट दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी कुल दुई हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ । त्यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरी छरिएर रहेका नेपालीहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका छन्‌ । एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको उद्घाटन गर्दै विभिन्न कारणले विदेशिएका र विदेशमा व्यापार गरिरहेका नेपालीहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका छन्‌ । सम्मेलनको उद्घाटन सत्रमा सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै अर्थमन्त्री पौडेलले यस्ता कार्यक्रमहरु आदानप्रदान हुन आवश्यक रहेको समेत बताएका थिए । एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरूको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीहरूको सहभागितामा गत वर्ष थाइल्याण्डमा संस्था गठन गरेको जानकारी दिएका छन्‌ । कार्यक्रममा महासचिव चूडामणि भट्टराईले एनएओ गठनको उद्देश्यबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन गर्दै नेपाल टेलिभिजन सञ्चालक समितिमा सदस्य फूलमान बलले पनि एएनओ गठनको उद्देश्यबारे जानकारी गराएका थिए । सम्मेलनले विश्वभरी छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने अभियान अन्तर्गत गठन भएको एसोसिएसन अफ नेपाली ओरिजियन (एनओ)को नेपाल च्याप्टर गठन भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड