• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:57 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक संजालहरुलाई सूचीकरणका लागि सात दिनको समय प्रदान

  • ११ भाद्र २०८२, बुधबार १९:०९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । सरकारले नेपालमा संचालनमा रहेका सामाजिक संजालहरुलाई सूचीकरणका लागि सात दिनको समय दिएको छ । मन्त्रिपरिषदको बैठकले सात दिनभित्र सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक संजाललाई नेपालमा निष्कृय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्‌ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार बनाउन उक्त कार्य गरिएको निर्णयमा उल्लेख छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान उनीहरूबीच भेटवार्ता हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको तियानजिनमा भेटवार्त हुनेछ । एससीओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लागेका ओलीले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ । सम्मेलनमा सम्बोधन गर्नुअघि राष्ट्रपति जिङपिङसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग भएको सहमतिका विषयमा पनि कुरा उठाउने स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकको भू–भाग नेपालको भएको विषयमा राष्ट्रपति जिङपिङसँग छलफल गर्नेछन्‌ । प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फर्किनेछन्‌ । त्यसैगरी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन्‌ । चाडवाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताएका छन्‌ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्द रहेको बताएका छन्‌ । उनले चाडवाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा सरकारले कडा कारवाही गर्ने बताएका छन्‌ । उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिएका छन्‌ । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्द रहेको बताएका छन्‌ । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड