• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ११४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आन्दोलनको घटनाले निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको बीमा दाबी

  • २ आश्विन २०८२, बिहीबार १८:५२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारीदेखि निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनाले निर्जीवन बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २१ अर्ब रुपियाँको बीमा दाबी परेको बताइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्ममा १८ बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको १ हजार ९ सय ८४ दाबी दर्ता भएका छन्‌ । उक्त बीमा दाबीमध्ये १४ निर्जीवन बीमा र चारवटा लघु बीमा कम्पनी रहेका छन्‌ । अहिले सबैभन्दा बढी दाबी रकम दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ४० वटा बीमा पोलिसी बापत ५ अर्ब १४ करोड ७९ लाख रुपियाँ दाबी दर्ता भएको छ । सो कम्पनीमा नक्सालस्थित हिल्टन होटलको बीमा भएकाले रकम उच्च देखिएको प्राधिकरणले जनाएको छ । दोस्रो ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड रुपियाँ परेको छ । यस कम्पनीले क्षति पुगेको भाटभटेनी सुपरमार्केटको बीमा गरेको कारण दाबी रकम उल्लेख्य देखिएको हो । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड रुपियाँ बराबरको दाबी दर्ता भएको छ । पोलिसी संख्याका आधारमा भने ३ सय ६६ दाबी दर्तासहित शिखर पहिलो स्थानमा छ । आन्दोलनबाट उत्पन्न क्षतिबापतको ६५ प्रतिशत बीमा दाबी रकम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नेछ । बाँकी ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनीले नै तिर्नुपर्नेछ । तर, १० करोडभन्दा माथि ६ अर्बसम्मको दाबीमा भने बीमा कम्पनीले पूर्ण भुक्तानी गर्नुपर्ने प्रावधान छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार यो तथ्यांक प्रारम्भिक मात्र हो र आगामी दिनमा अझै वृद्धि हुन सक्ने बताएका छन्‌ । यसैबीच जेन–जी प्रदर्शनको क्रममा उच्चस्तरीय नेताका निजी निवासबाट ठूलो परिमाणमा नगद र सुन बरामद भएपछि आक्रोश मात्र बढेको छैन, मनी–लन्ड्रिङ (सम्पती शुद्धिकरण) अनुसन्धानको माग पनि उच्च भएको छ । नेपाल अझै पनि एफएटीएफको ‘ग्रे सूची’ मा रहेको सन्दर्भमा उच्चपदस्थ नेताहरूलाई कारबाही गर्न सके मात्र सरकारप्रतिको सार्वजनिक विश्वास पुनःस्थापना गर्न र देशको अन्तर्राष्ट्रिय छवि सुधार्न सकिने विज्ञहरूको सुझाव छ । दुई पूर्वप्रधानमन्त्रीको निजी निवासबाट ठूलो परिमाणमा नगद बरामद भएपछि नेपालको राजनीतिक वृत्तमा निकै हलचल मच्चिएको छ र उच्च स्तरमा हुने गरेको भ्रष्टाचारबारे बहस पुनः चर्किएको छ । हालैको जेन–जी प्रदर्शनको क्रममा, प्रदर्शनकारीहरूले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको घरमा रहेको करोडौँ मूल्य बराबरको नगद भेटिएको थियो । त्यसैगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन्‌ । निर्वाचन आयोगमा भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन्‌ । समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन्‌ । मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड