• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:38 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपाली राजदूतहरुस“ग भर्चुअल संवाद

  • २२ आश्विन २०८२, बुधबार १८:४५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूसँग छलफल गरेकी छन्‌ । परराष्ट्र मन्त्रालयसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयमा विदेशीस्थित नेपाली दूतावासका राजदूतहरूसँग छलफल गरेकी हुन्‌ । जेनजी आन्दोलनपछि विकसित घटना क्रमका सम्बन्धमा उनले नेपाली राजदूतहरूसँग भर्चुअल संवाद गरेकी हुन्‌ । जेनजी आन्दोलनपछि धेरै देशहरूले नेपाली नागरिकलाई भिसालगायत विषयमा कडाइ गरेको विषयमा पनि उनले राजदूतहरूसँग चासो व्यक्त गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । संवाद अझै जारी रहेको छ । भर्चुअल संवादमा मुख्य सचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई पनि सहभागी छन्‌ । यसैबीच निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई छलफलमा बोलाएको छ । आयोगले असोज ३० गते दलहरूसँग छलफलको मिति तय गर्दै छलफलका लागि बोलाएको हो । निर्वाचन गर्ने म्यान्डेट प्राप्त सरकार दलहरूसँग संवादविहीनताका अवस्थामा रहेका बेला आयोगले भने छलफलको मिति तय गरेको छ । आयोग स्रोतका अनुसार २९ वटा दललाई पत्र काटेर पठाइएको छ । जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते अर्को निर्वाचनको मिति तय गरेकी थिइन्‌ । यस्तै निर्वाचन आयोगले पनि यसै साता निर्वाचन कार्य तालिका ल्याइसकेको छ । यस्तोमा सरकार र आयोग दुवैले निर्वाचनको प्रमुख सरोकारवाला मानिने दलसँग संवाद नगर्दा निर्वाचन हुने/नहुने अनेक किसिमका आशंका भइरहेका छन्‌ । यस्तोमा पहिला आयोगले नै दलहरूसँग छलफलको अग्रसरता लिएको छ । सबै दललाई एकै पटक बोलाएर छलफल गर्न असुविधा हुनसक्ने भन्दै आयोगले पहिलो चरणमा विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई बोलाएको छ । त्यसैगरी पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दामा ७८ लाख रुपियाँ बिगो दाबी गरिएको छ । गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको आडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । यही प्रकरणमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ । अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड