
काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका–३ बाबाधाम मार्ग बस्ने २२ वर्षीय नाम्जा शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बारा, प्रसौनी गाउँपालिका–३ नौतनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १९ ग्राम ७ सय ८० मिलिग्राम सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउती बस्ने ४२ वर्षीय रामाशंकर दासलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









