• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 09:08 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको सूचीमाथि छानबिन सुरु

  • १६ पुष २०८२, बुधबार १८:२५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले बुझाएका उम्मेदवारको बन्दसूचीमाथि छानबिन प्रक्रिया थालेको छ । आयोगले प्राप्त सूचीको अध्ययन गर्दै नाम, क्लस्टर तथा समावेशी मापदण्ड मिलेको–नमिलेको जाँच गर्न सुरु गरेको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनले तोकेको व्यवस्था अनुसार क्लस्टर मिलान, उम्मेदवारको समावेश तथा असमावेशको परीक्षण भइरहेको छ । आयोगले पुस २० गतेसम्म प्रारम्भिक अध्ययन सम्पन्न गरी सम्बन्धित दलहरूलाई पत्राचार गर्ने जनाएको छ । उनका अनुसार दलहरूले पुस २७ गतेसम्म आवश्यक संशोधन गर्न सक्नेछन् भने उम्मेदवारहरूले पुस २८ गतेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्‌ । नाम फिर्ता लिएपछि खाली हुने स्थानमा सोही समूहका अन्य उम्मेदवारको नाम पुस ३० गतेसम्म पेश गर्नुपर्नेछ । आयोगको कार्यतालिका अनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रारम्भिक रूपमा सार्वजनिक गरिनेछ । त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धी दाबी–विरोधका निवेदन दर्ता गर्न सकिनेछ । माघ ११ देखि १७ गतेसम्म आयोगले दाबी–विरोधको छानबिन गरी निर्णय गर्नेछ भने अन्तिम उम्मेदवारको बन्दसूची माघ २० गते प्रकाशन गरिनेछ । आयोगले तय गरेको तालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले कमी–कमजोरी देखिए सच्याउने सहमतिमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची पेस गरिएको जनाएको छ । अन्तिम समयको राजनीतिक संवाद र सहमतिका कारण भएको समय अभावलाई कारण देखाउँदै रास्वपा सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…यस प्रक्रियामा कुनै कमी–कमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो ।’ त्यसैगरी अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन्‌ । विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका हुन्‌ । गृहमन्त्री आर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेकाले निर्वाचनका लागि आवश्यक वातावरण तयार पारिरहेको जानकारी दिएका छन्‌ । अर्यालले लोकतन्त्र र सुशासनका लागि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारेका छन्‌ । अर्यालले निर्वाचन हुन्छ हुँदैन भन्ने दुविधामा कोही नपर्न आग्रहसमेत गरेका छन्‌ । उनले समानुपातिक उम्मेदवारको नामावली सूचीकृत भएसँगै निर्वाचन नै सुरु भइसकेको दाबी पनि गरेका छन्‌ । आर्यालले निर्वाचनको वातावरणका बारेमा राजनीतिक दलहरूको मुख्य चासो रहेको लुटिएका हतियार र भागेका कैदीका विषयमा सरकारले विशेष अपरेशन चलाएर नियन्त्रणमा लिने स्पष्ट पारेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड