• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्टोक्ति

  • ६ माघ २०८२, सोमबार १८:३८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ । आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ६ गते मनोनयन दर्ता हुने र कार्यतालिका तोकिएको अनुसारै रहने बताएका छन्‌ । भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरेका छन्‌ । उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिएका छन्‌ । निर्वाचन आचारसंहिता लागू भएको र चार महिना अगाडि प्रकाशित कार्यतालिका अनुसार नै कार्यक्रमहरू सञ्चालन भइरहेको बताउँदै भण्डारीले अब कुनै पनि विषयवस्तुमा संशोधन, थपघट जस्ता काम नहुने बताएका छन्‌ । उनले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखेका छन्‌ । आयोगले निर्धारण गरेको समयभित्रै मनोनयन पत्र दर्ता गर्नुपर्ने र दर्ता भइसकेपछि जाँचबुझ तथा अन्य कानुनी प्रक्रिया अघि बढ्ने उनले बताएका छन्‌ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्‌ । जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरेका छन्‌ । केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उनले बताएका छन्‌ । उनले आफूविरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरु मुद्दाको मतलब भएको बताएका छन्‌ । देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन एकै ठाउँमा आएको उनको भनाइ छ । उनले जेनजी युवाहरूलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफूलाई फेरि जेलमा पुर्‍याए पनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताएका छन्‌ । त्यसैगरी प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा डा. शेखर कोइराला र गगन थापासँग मिलेर अघि बढ्ने भन्ने समाचारहरू सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नभएको बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका कुनै पनि सदस्यले डा. शेखर कोइरालासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्क तथा छलफल नगरेको स्पष्ट पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड