• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • का“ग्रेसले मेधश प्रदेशबाट औपचारिक रुपमा चुनावी अभियान सुरु गर्ने

  • ११ माघ २०८२, शनिबार १९:१५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय सभामार्फत कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउने तयारी गरेको हो । जनकपुरको सभामा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थिति रहने भएको छ । सभालाई उनीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कांग्रेसले उपसभापति शर्मालाई केन्द्रीय स्तरको चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी समेत दिएको छ । जनकपुरमा हुने सभाको समन्वय केन्द्रीय तहबाट उपसभापति शर्माले गर्ने भएका छन्‌ । मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार सभालाई प्रभावकारी बनाउन संगठनात्मक तयारी तीव्र पारिएको छ । कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्‌ । यस पटकको निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले मधेश प्रदेशलाई केन्द्रमा राखेर आफ्ना गतिविधि विस्तार गरिरहेको बुझिएको छ । यसैबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले समर्थन गर्ने घोषणा गरेको छ । पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै पुनलाई समर्थन गरिएको जानकारी दिएका हुन्‌ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही अन्य दलहरूले पनि आफ्ना उम्मेदवार निष्क्रिय बनाउँदै पुनलाई समर्थन जनाइसकेका छन्‌ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन्‌ । उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका हुन्‌ । उनको फरक र रोचक प्रचार शैलीका कारण सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ । त्यसैगरी शिक्षामन्त्रीबाट राजीनामा दिएर म्यादीको उम्मेदवार बनेका महाविर पुनले चुनावी गतिविधि बढाउन थालेका छन्‌ । उनले म्याग्दीमा पत्रकार सम्मेलन गरेका छन्‌ । साढे ९ बजे पत्रकार सम्मेलन भन्दै सामाजिक सञ्जालबाट सूचना सार्वजनिक गरेका पुनले समयमा पत्रकार नआएको भन्दै फेसबुकबाटै लाइभ गरेका थिए । आफूले हल्लीखल्ली गर्न थालेपछि सबै भेला हुन थालेको उनले बताएका छन्‌ । सोही क्रममा पुनसँग चिनजान गर्दै एक शिक्षकले तपाईंले ल्याउँछु भनेको ऐन किन आएन भन्ने प्रश्न गरेका थिए । महाविरले ठट्यौली पारामा भने, ‘अब म प्रधानमन्त्री बनेपछि आउँछ ।’ उनको जवाफ यतिमा मात्र सकिएन । केहीबेरमै उनले सबैतिर फर्किएर भने, ‘यहाँ अघि एक मित्रले तपाईंले ल्याउँछु भनेको शिक्षा ऐन किन नल्याएको भनेर सोध्नुभयो । त्यो ऐन ल्याउन सकेको भए किन म यहाँ उम्मेदवार भएर आउनुपर्थ्यो । ऐन आएको भए म उतै बसेर मन्त्री नै खान्थेँ । ऐन नआउने भएपछि सांसद बन्न यता आको ।’ कार्यक्रमस्थलमा पुनलाई तपाईंको ‘सिम्पल लिभिङ हाइथिङकिङ’वाला सोच राम्रो छ भन्दा उनी मुस्कुराएका थिए । तर अपेक्षाकृत उथलपुथल गर्न सक्नुभएन भन्ने प्रश्नले पुनलाई गम्भीर बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड