• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त

  • १५ माघ २०८२, बुधबार १८:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले निर्वाचित सांसद प्रत्यक्ष रूपमा मतदातासँग जोडिनुपर्ने बताएका छन्‌ । धनकौलमा आयोजित भेटघाट कार्यक्रममा उनले सर्लाहीमै सांसद सम्पर्क कार्यालय स्थापना गरी शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्‌ । सर्लाहीवासीको आग्रहपछि उम्मेदवारी दिएको उल्लेख गर्दै उनले मतदाताले दिएको विश्वासको सम्मान गर्ने बताएका छन्‌ । यसैबीच आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नागरिकका आवाज र मागलाई समेट्ने घोषणा पत्र तयार पार्न नागरिक समाजले राजनीतिक दलहरूलाई अपिल गरेको छ । नेपालको लोकतन्त्रलाई नयाँ दिशा दिने ऐतिहासिक अवसरको रूपमा निर्वाचनलाई व्याख्या गर्दै नागरिक समाजले जेन–जी आन्दोलनको मनोभाव र नागरिकको अपेक्षा सम्बोधन हुने घोषणापत्र तयार पार्न राजनीतिक दललाई खबरदारी गरेको गैर सरकार संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिएका छन्‌ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ संघ संस्था महासंघले राजनीतिक दललाई सामूहिक खबरदारी गरेका हुन्‌ । नागरिक समाजले राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा नागरिक अधिकार, सामाजिक न्याय, सुशासन, आर्थिक विकास र समृद्धि सुनिश्चित गर्ने विषय समावेश गर्न अपिल गरेको छ । त्यस्तै, निर्वाचन खर्च पारदर्शिता, सार्वजनिक सेवा सुधार, बालबालिका, महिला, युवा, अपांगता भएका व्यक्ति र विभिन्न अल्पसंख्यकको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरणीय सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राजनीतिक दलहरूले कार्यन्वयनयोग्य योजना समावेश गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना कार्य सम्पन्न भएको छ । जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको हो । सन् १९२७ मा निर्माण गरिएको चन्द्र नहर सिँचाइ प्रणाली नेपालकै पुराना सिँचाइ प्रणालीमध्ये एक हो । लामो समयदेखि मर्मतसम्भार अभावका कारण मुख्य नहरका संरचनाहरू जीर्ण बन्दै गएका थिए । प्रणालीको पानी प्रवाह क्षमता करिब ८० प्रतिशतमा सीमित थियो । भत्किने जोखिम हुँदा स्थिर सिँचाइ र आपूर्तिमा चुनौती देखिएको थियो । यस परियोजनाअन्तर्गत मुख्य नहरभित्र रहेका ३२ वटा संरचनाको पुनःस्थापना गरिएको हो । परियोजना सन् २०२२ सेप्टेम्बरमा नेपाल सरकार र जापान सरकारबीच भएको नोट्स आदान–प्रदानपछि सुरु गरिएको थियो । यसका लागि जापान सरकारले २ अर्ब ३० करोड येन बराबरको अनुदान उपलब्ध गराएको थियो । कार्यक्रममा नेपालका लागि जापान दूतावासका उपमिशन प्रमुख यासुहारु शिन्तोले परियोजनामा संलग्न सबै पक्षको प्रशंसा गरेका थिए । उनले पुनःस्थापनापछि सिँचाइ पानीको आपूर्ति अझ प्रभावकारी भई यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड