• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विश्लेषक र समाधानकर्ताको रुपमा प्रहरीको भूमिका विकसित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

  • २० माघ २०८२, सोमबार १९:००
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूह (एन्म्एक् ज्ञद्धतज) को दीक्षान्त समारोह प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्दै दीक्षित अधिकृतहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन्‌ । उनले परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखापरेको वर्तमान सन्दर्भमा प्रहरीको भूमिका केवल आदेश पालनामा सीमित नरही विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिइन्‌ । प्रधानमन्त्री कार्कीले निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने बताइन्‌ । कुनै पनि राजनीतिक प्रभाव र पूर्वाग्रहबाटमाथि उठेर कानूनको मर्मअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएकी छन्‌ । सोही समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले दीक्षित प्रहरी अधिकृतहरू केवल निलो बर्दीधारी मात्र नभई राज्यका प्रतिनिधि, कानूनका संरक्षक र जनविश्वासका वाहक भएको उल्लेख गर्दै सोही अनुरूप जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्‌ । कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत गरेका छन्‌ । उनले राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरी अधिकृतको रूपमा आफूलाई स्थापित गर्न दीक्षित अधिकृतहरू सफल हुने विश्वास व्यक्त गरेका छन्‌ । यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विघटित प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी गरेका छन्‌ । झापा–२ अन्तर्गत बिर्तामोडमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते नै निर्वाचन हुने दाबी गर्दै त्यसका लागि तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्‌ । उनले संसद् पुनर्स्थापना हुने विषयमा कुनै अन्योल नराख्न आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको समयसीमालाई आधार मानेर निर्वाचन टर्ने सम्भावना नरहेको बताएका छन्‌ । उनका अनुसार अब बाँकी रहेको समय अदालतका लागि पर्याप्त नहुने भएकाले फागुन २१ मै निर्वाचन हुने निश्चित रहेको बताएका छन्‌ । अदालतको फैसला जे आए पनि स्वीकार गर्नुपर्छ, तर फागुन २१ मा चुनाव हुन्छ भन्नेमा कुनै शंका गर्नु नपर्ने उनको भनाइ छ । शर्माले केही समय पार्टीभित्र द्वन्द्व देखिए पनि विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको जिकिर गरेका छन्‌ । उनले पार्टीपंक्तिलाई निर्वाचन केन्द्रित हुन आग्रह गर्दै फागुन २१ अगाडिसम्म कुनै विवाद वा बहसमा नजान अनुरोध गरेका छन्‌ । उनका अनुसार यदि कसैलाई छलफल वा बहस गर्नुपर्ने भए फागुन २१ गतेको निर्वाचन सकिएपछि वा फागुन २२ गतेदेखि गर्न सकिने बताएका छन्‌ । त्यसैगरी राष्ट्रिय सभाले तीन वटा अध्यादेश स्वीकृत गरेको छ । उक्त सभाले निर्वाचनसम्बन्धी दुईसहित तीन वटा अध्यादेश स्वीकृत गरेको हो । मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश २०८२ राष्ट्रिय सभाले स्वीकृत गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटै अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेकोमा बैठकले सर्वसम्मत पारित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड