• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 09:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको संख्या उल्लेख्य रुपमा बृद्धि

  • १३ फाल्गुन २०८२, बुधबार १९:३०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म आचारसंहिता उल्लंघनका कुल २५४ वटा उजुरी आयोगमा दर्ता भएका छन्‌ । तीमध्ये ८० जनासँग स्पष्टीकरण माग गरिएको छ भने ५२ जनाबाट स्पष्टीकरण र जवाफ प्राप्त भएको आयोगले जनाएको छ । यसैगरी ५ जनासँग पुनः स्पष्टीकरण माग गरिएकोमा ५ जनाबाट पुनः जवाफ प्राप्त भएको छ । एउटा ताकेता लेखिएको र सोको जवाफ पनि प्राप्त भएको आयोगले स्पष्ट पारेको छ । उजुरीको विवरणअनुसार ३ वटा राजनीतिक दल, २९ जना उम्मेदवार, २१ वटा सरकारी संस्था तथा कर्मचारी, ७ वटा शैक्षिक संस्था तथा कर्मचारी, १८ अन्य संघ–संस्थान र २ अन्य व्यक्ति आचारसंहिता उल्लंघनका विषयमा तानिएका छन्‌ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको जनाएको छ । यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छन्‌ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मन्त्रालयमा आयोजित मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ को कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले नीति बनाउन मन्त्रालय र सम्बन्धित निकायहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन्‌ । मन्त्रालयको यो काम एक महत्वपूर्ण काम भएको बताइन्‌ । वर्तमान सरकारले यसलाई प्राथमिकता दिएर नै यस नीतिलाई छिटो स्वीकृत गरेको उनले बताइन्‌ । मानव बेचबिखन विरूद्ध सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्‌ । नीति आइसकेपछि अब यसलाई कार्यान्वयनको पाटोमा लैजान मन्त्री श्रेष्ठले जोड दिइन्‌ । उनले सीमित स्रोत र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धारमा कठिनाइ हुने गरेको समेत बताएकी छन्  । सीमित स्रोत र प्रक्रियागत जटिलताका कारण उद्धार र समन्वयमा केही कठिनाइ भएको उनले उल्लेख गरेकी छन्‌ । उद्धार भएका महिलाहरूले उजुरी गर्न हिचकिचाउने तथा उजुरी गरिसकेपछि पनि सम्पर्कमा नआउने अवस्था रहेको भन्दै यसमा सबैले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि भएको छ । चार महिना बढी समय लगाएर गरिएको आन्तरिक छानबिनले उक्त रकम बराबरको औषधि बिक्री गरेको रकम घोटाला भएको पाइएको हो । तर छानबिन प्रतिवेदन व्यवस्थापन समक्ष बुझाइसक्दा पनि प्रतिष्ठानले हालसम्म सार्वजनिक नगरेपछि पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड