• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:37 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष

  • १६ फाल्गुन २०८२, शनिबार १९:२२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमाथि इजरायली हमलापछि मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विशेषगरी इरान र इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई सम्बन्धित देशका आधिकारिक निकायले जारी गरेका सुरक्षा निर्देशन तथा परामर्शहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको हो । सूचनामा सकेसम्म घरभित्रै बस्न, अत्यन्त सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ । साथै, सम्बन्धित देशका निकायबाट पूर्वस्वीकृति नलिई अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई काठमाडौंस्थित मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । इजरायल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न पनि परराष्ट्रको सूचनामा उल्लेख गरिएको छ । अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई पनि त्यहाँका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाहहरू पालना गर्दै विकसित घटनाक्रमबारे निरन्तर जानकारी राख्न परराष्ट्रले आग्रह गरेको छ । यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पहिला शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु हुने बताएका छन्‌ । गुल्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले पहिला सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर शासनको सुधारको थालनी गरिने बताएका हुन्‌ । साथै उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाएका छन्‌ । कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्‍याउन मतदातालाई शर्माले आग्रह गरेका छन्‌ । विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने उपसभापति शर्माले बताएका छन्‌ । त्यसैगरी निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरूले प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन्‌ । आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपालले पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले तयारीमा प्रभावकारी काम गरे पनि आचारसंहिता कार्यान्वयनमा कमजोरी देखिएको आरोप लगाएका हुन्‌ । प्रतिवेदन अनुसार यसपटक डिजिटल माध्यमबाट हुने उल्लंघनका घटना उल्लेख्य रूपमा बढेका छन्‌ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोस्ट, गालीगलौज तथा मिथ्या र भ्रामक सूचनाको प्रवाह तीव्र भएको जनाइएको छ । राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार तथा सामाजिक अभियन्ताबाट समेत आचारसंहिता उल्लंघन भएको भन्दै आयोगले समयमै प्रभावकारी निगरानी र नियमन गर्न नसकेको दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड