• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:06 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ११७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली का“ग्रेसद्वारा १५औं महाधिवेशनको तयारीस्वरुप ॅजरा अभियान’ सुरु

  • २१ चैत्र २०८२, शनिबार १९:२२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । लामिछानेको निवासमा पुगेर नेता शाहीले भेटवार्ता गरेका हुन्‌ । रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाही बीच करिब एक घण्टा लामो भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । भेटमा मुख्यतः प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ । रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको स्रोतको भनाइ छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रास्वपा प्रतिपक्षसँग सहकार्य गर्न बाध्य देखिएको छ । यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक महत्वका साथ हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा र राप्रपाबीच सम्भावित सहकार्यले संसदको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ । विशेषगरी उपसभामुख चयन प्रक्रियामा दुवै दलबीच समझदारी बनेमा नयाँ समीकरण बन्न सक्ने संकेत देखिएको छ । ज्ञानेन्द्र शाहीले पछिल्ला दिनहरूमा संसदभित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका छन् भने रवि लामिछाने नेतृत्वको रास्वपा पनि नयाँ शक्तिका रूपमा स्थापित हुने प्रयासमा छ । यो भेटघाटले आगामी दिनमा संसदको कार्यशैली, शक्ति सन्तुलन र दलहरूबीचको सम्बन्धमा महत्वपूर्ण असर पार्न सक्ने देखिएको छ । विशेषगरी उपसभामुख चयन प्रक्रिया नजिकिँदै गर्दा यस्तो प्रकारको संवादले राजनीतिक गतिविधि अझ तीव्र हुने संकेत दिएको छ । यसैबीच नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी स्वरूप ‘जरा अभियान’ सुरु गरेको छ । चैत २१ गतेदेखि सुरु भएको अभियानअन्तर्गत सदस्यता वितरण तथा नवीकरण देशभर सञ्चालन भइरहेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानले महाधिवेशन तयारी, संगठनको अवस्था अध्ययन, निर्वाचन समीक्षा र सामाजिक गतिविधिमा जोड दिने काम गर्ने भएको छ । ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले वैशाखभर सदस्यता नवीकरणलाई व्यवस्थित गर्नेछन्‌ । यसपटक वैशाखभित्र नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुने कडा व्यवस्था गरिएको छ । पार्टीले अब ‘कांग्रेस आईडी’ लागू गर्ने भएको छ, जुन नवीकरणपछि मात्र पाइनेछ र महाधिवेशन प्रक्रियामा सहभागी हुन अनिवार्य हुनेछ । साथै, विगतको निर्वाचनमा पराजयको समीक्षा र संगठन सुदृढीकरणका लागि देशभर अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ । त्यसैगरी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो । बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड