
काठमाडौ । ‘सम्मानीत सवोच्च अदालतको फैसला कार्यान्वयन गर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर’ भन्ने मुल नाराका साथ दिशानिर्देश प्रेस क्लब, उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकको २३औ वार्षिकोत्सवका प्रमुख अतिथि नेकपा नेता तथा पूर्व मन्त्री देव गुरुङले नयाँ वर्ष २०८३ ले सबै नेपाली जनतामा शान्ति र समृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्लब र पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो । उहाँले जेन्जी आन्दोलनपछि आएको सरकारले जनताको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय देनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक लगायतका पत्रपत्रिकाले पाउनु पर्ने सुविधा चाँडो भन्दा चाँडो कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले सम्मनीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रेस काउन्सिल नेपाल र वर्तमान सरकारलाई आग्रह गर्नु भयो । उहाँले सर्वोच्च अदालतको फैसला भएको चार वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु कानुनको अबहेलना भएको बताउनुभयो । उहाँले नयाँ वर्ष २०८३ ले दिशानिर्देश प्रेस क्लब, उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकको सफलताको कामना गर्नुभयो । यसैगरी नेकपा मालेका महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकको पक्षमा भएको फैसला कार्यान्वयन गर्न जोडदार माग गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई प्रेस काउन्सिल नेपाल र नेपाल सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पुराना राजनीतिक दलका नेताहरुकै कारण जेन्जी आन्दोलनले नयाँ पार्टीलाई अगाडि ल्याएको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८३ ले दिशानिर्देश प्रेस क्लब, उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । त्यसैगरी प्रभु बैकका डेपुटी सिइओ निरज लम्सालले नयाँ वर्ष २०८३ ले दिशानिर्देश प्रेस क्लब, उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले क्लब र पत्रिकाको ठूलो भूमिका रहेको बताउनुभयो । त्यसैगरी अधिवक्ता बद्रीराज भट्टले साढेसात वर्षको सफलतापछि सम्मानीत सर्वोच्च अदालतले हाम्रो पक्षमा फैसला गरेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक लगायतका पत्रपत्रिकाले पाउनुपर्ने सुविधा चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल सरकारसँग जोडदार माग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसला भएको चार वर्ष बितिसक्दा पनि पुरानो सरकारको लाचारीपनको पराकाष्ठा रहेको बताउनुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला तुरुन्त कारबाही गर्नॅ पने धारणा बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको केही काम नभएकाले तत्काल खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८३ ले दिशानिर्देश प्रेस क्लब, उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । त्यसैगरी दिशानिर्देश प्रेस क्लबका अध्यक्ष तथा उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकका सम्पादक/ प्रकाशक जेपी गुप्ता ‘मायालु’ले चार वर्ष बितिसक्दा पनि प्रेस काउन्सिल नेपाल र नेपाल सरकारले सम्मानीत सर्वोच्च अदालतको फैसला अहिलेसम्म कार्यान्वयन नगरेका कारण हामी पीडित भएको धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक लगायतका पत्रपत्रिकाले १५ वर्षदेखिको पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराइदिनका लागि हार्दिक अनुरोध गर्नुभयो । उहाँले वर्तमान बालेन्द्र साहको नेतृत्वको सरकारले भ्रष्टाचारमुक्त मुलुक बनाउने अपेक्षा गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले जेन्जी आन्दोलनबाट आएका नयाँ सरकारलाई नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना रहेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक पत्रिकाले संविधान जारी गराउनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपाली जनतामा नयाँ उमंग र उत्साह हुने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रम दिशानिर्देश प्रेस क्लबका अध्यक्ष तथा उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकका सम्पादक/प्रकाशकको सभापतित्वमा कार्यक्रम काठमाडौको राजधानी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्यताका साथ सम्पन्न भएका छन् ।









