
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । दुई तिहाइ नजिकको सुविधाजनक बहुमतको सरकारले संसद् अधिवेशन स्थगन गर्दै १४ वैशाखमा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । यसैबीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् । आयोगले तीन वर्षअघि विभिन्न सात ऐनलाई विस्थापित गरी एउटै एकीकृत विधेयक तर्जुमा गरेर सरकारलाई पठाएको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले विद्युतीय मतदान (ई–भोटिङ) विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर–प्रदेश मतदानजस्ता विषयलाई समेट्न कानुन अपरिहार्य रहेको बताएका छन् । वर्तमान ऐन नियम भद्रगोल अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले कानुन निर्माणमा गम्भीर हुन जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाको बागमती प्रदेश स्तरीय छलफल आयोजना गर्नुभएको छ । बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफल कार्यक्रममा बागमति प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने कांग्रेस केन्द्रीय पुर्वपदाधिकारी एवं पुर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापती र पुर्व सभापती, सांसद र पुर्वसांसद, वाग्मती प्रदेस सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, लगायत अन्य महत्वपूर्ण नेताहरुको उपस्थिति रहेको थियोे । देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो । छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अध्यावधिक व्यवहारीक नभएको उनिहरुको तर्क थियो । उनिहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताएका छन् । पार्टी एक बनाएर लैजाने सम्पुर्ण जिम्मेवारी पनि सभापतिकै रहेको उनिहरुले बताएका छन् । छलफलमा नेताहरु डा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु डा चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरु उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पुर्व सांसद नरोत्तम बैध्य र बिजुला बर्मा किर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पुर्व केन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागीता रहेको थियोे ।









