• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चिनीको अभाव हुन नदिन र मूल्य स्थिर राख्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको दावी

  • २ जेष्ठ २०८३, शनिबार २१:४१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा करिब ८ महिनाको माग धान्न सक्ने चिनी मौज्दात रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा चिनीको अभाव हुन नदिन र मूल्य स्थिर राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगहरू, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग गरी करिब ८ महिनाको माग पूरा गर्ने चिनी सुरक्षित छ । भारतले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरेपछि उत्पन्न हुन सक्ने चुनौतीलाई दृष्टिगत गर्दै मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । चिनीको सहज उपलब्धताका विषयमा मन्त्री गौरी कुमारीले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन्‌ । सो क्रममा सहभागी उद्योगीहरूले बजारमा चिनीको नियमित र सुलभ आपूर्ति गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन्‌ । आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले मातहतका निकायलाई बजार अनुगमन तीव्र पार्न निर्देशन दिएको छ । बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयको चेतावनी छ । यसैबीच वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटनपछि संविधानलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका छन्‌ । उहाँले विगतमा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गराउँदै अहिले न्यायालयमा त्यो साहस कमजोर भएको महसुस भइरहेको बताएका छन्‌ । साथै राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको र दलहरू निजी कम्पनीजस्तै सञ्चालन भइरहेको आरोप समेत लगाएका छन्‌ । त्यसैगरी नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्‌ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताएका छन्‌ । पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिएका छन्‌ । उनले सभापति गगनकुमार थापालाई सिङ्गो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गरेका छन्‌ । खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राखेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड