• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:12 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कृषि क्षेत्रमा कालोबजारी गरे तत्काल जानकारी गराउन आग्रह

  • २७ असार २०८३, शनिबार १९:५४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्ने गतिविधि भए तत्काल जानकारी गराउन आग्रह गरेकी छन्‌ । चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन गर्दै मन्त्री चौधरीले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई यस्ता गतिविधिबारे मन्त्रालयको हटलाइनमा सूचना दिन अनुरोध गरेकी छन्‌ । उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी अनुगमन गरिने र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने उहाँले बताएकी छन्‌ । अनुगमनका क्रममा मन्त्री चौधरीले किसानसँग मल, बीउ, विषादीको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन लगायत समस्याबारे जानकारी लिएकी छन्‌ । किसानका गुनासा समाधानका लागि सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिँदै उहाँले कृषि उत्पादन वृद्धि र किसानको हित संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएकी छन्‌ । यसैबीच विज्ञान, प्रविधि तथा नवपर्वतन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे केही दिनअघि दिएको अभिव्यक्ति फिर्ता लिएका छन्‌ । सामाजिक सञ्जालमार्फत माफी माग्दै उनले आफ्नो भनाइ फिर्ता लिएका हुन्‌ । केही दिनअघि केही युट्युबरलाई दिएको अन्तर्वार्तामा पुनले ट्राफिक नियम अटेर गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने बताएका थिए । उक्त भनाइको चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरुलाई अन्तरवार्ता दिँदा रु. ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु । त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला ।’ उनले आफूमाथि अनावश्यक दबाब दिएर उक्त कुरा निकाल्न लगाइएको दाबी गर्दै एक वर्षसम्म कसैलाई पनि अन्तर्वार्ता नदिने कडा निर्णय गरेका छन्‌ । पुनले अटेर गर्ने वा अपराध गर्नेलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नभए देश र समाज कस्तो हुन्छ भन्दै प्रश्नसमेत गरेका छन्‌ । त्यसैगरी सुकुमवासीलाई सरकारविरुद्ध उकासेको आरोपमा भूमि आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका नेता नहेन्द्र खड्का पक्राउ परेका छन्‌ । प्रहरीले शनिबार उनलाई कीर्तिपुरबाट पक्राउ गरेको बताइएको छ । अनुसन्धानको क्रममा उनले सरकारविरुद्ध आन्दोलन गर्न उनले सुकुमवासीलाई उक्साएको प्रमाण भेटिएको प्रहरी स्रोतले जनाएको छ । यसअघि उनी सुकुमवासी समस्या समाधान गर्न बनेको आयोगको केन्द्रीय उपाध्यक्ष बनेर काम गरेका थिए । उनी नेकपानिकट अखिल नेपाल सुकुमवासी संघका अध्यक्ष पनि हुन्‌ । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरबाट उनी पक्राउ परेका हुन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड