• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह

  • १७ श्रावण २०८३, आईतवार १९:५२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक साउन २४ गतेका लागि बोलाएको छ । केन्द्रीय समिति बैठक साउन २४ आइतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्‌ । बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । यसैबीच नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका साथी विवेक शर्मा एक करोड घुस लेनदेनको छानबिनमा परेका छन्‌ । चिनियाँ ठेकदारको खाताबाट उनीहरूले एक करोड रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको बताइएको छ । भट्ट टेलिकमकै कर्मचारी हुँदा ठेक्कामा सघाएर घुस लिएको बताइएको छ । पछि पनि दुःख दिएको भन्दै चिनियाँ ठेकदारले प्रमाणसहित उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्‌ । उनीहरू गत असार २४ गतेदेखि अख्तियारको हिरासतमा छन्‌ । चिनियाँ ठेकेदारले पाएको ठेक्का र सो घुसकाण्डबारे विस्तृत अनुसन्धान भइरहेको आयोगका एक उच्च अधिकारीले बताएका छन्‌ । त्यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छन्‌ । नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको बताइन्‌ । उनले पछिल्लो समय सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका घटनाले सबैको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजन फैलाउने गतिविधिबाट टाढा रहन सबै नेपालीलाई आग्रह गरिन्‌ । प्रत्येक नागरिकले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै शान्ति, सद्भाव र कानूनी शासनलाई बलियो बनाउन योगदान पुर्‍याउनुपर्ने बताइन्‌ । त्यस्तै मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान सरकार, प्रधानमन्त्री र सुरक्षा व्यवस्थामाथि आलोचना गर्दै नेपाललाई असफल राष्ट्र बनाउने योजनामा विदेशी हस्तक्षेप गराउने प्रयास भइरहेको आरोप लगाएका छन्‌ । पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग हिन्दु अधिराज्य स्थापनाका विषयमा यसअघि नै सहमति गरेको दाबी गर्दै वार्ताबाट पछि हट्न खोजेको बताएका छन्‌ । प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै सत्ता केवल प्रहरी, सेना वा बन्दुकले मात्रै नचल्ने भन्दै नेपालको पहिचान वैदिक सनातन, किरात तथा बौद्ध सभ्यतासँग जोडिएको हुँदा ति कुरालाई वेवास्ता गर्न नहुने बताएका छन्‌ । उनले प्रधानमन्त्रीले हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाउँदै नेपाल हिन्दु राष्ट्र हुन नसक्ने भए त्यसको विकल्प के हो बताउनुपर्ने जिज्ञासा राखेका छन्‌ । केवल धार्मिक पहिरन वा रुद्राक्षको माला लगाउँदैमा हिन्दु नहुने भन्दै धार्मिक पहिचानको नाममा समाजलाई विभाजित गर्न खोजिएको बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड