• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुकुमबासी परिवारले अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह गर्ने चेतावनी

  • २३ श्रावण २०८३, शनिबार २०:२१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    भक्तपुर । भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुमबासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन्‌ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको सभामा विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, घरटहरा तथा सामानमा भएको क्षतिको क्षतिपूर्ति र समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्न माग गरिएको छ । मोर्चाले भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ । साथै भूमिहीन तथा सुकुमबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच र निस्सा वितरण प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । मोर्चाले भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी तथा कानुन व्यवसायीसहितसँग अन्तरक्रिया गर्ने जनाएको छ । यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे नेपाल फर्किने भएका छन्‌ । कांग्रेस नेता मीन विश्वकर्माले देउवाको स्वदेश फर्किने समय तय भएको बताएका छन्‌ । स्वास्थ्य परीक्षण तथा उपचारका लागि विदेशमा रहेका देउवा सिंगापुर हुँदै हाल हङकङमा छन्‌ । नेपाल फर्किएपछि देउवाले कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच, देउवा नेपाल फर्किएपछि उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी भए–नभएकोबारे प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ । प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्‌ । त्यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्‌ । कांग्रेस धनुषाद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीको नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताएका छन्‌ । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्‌ । पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उनले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाव दिएका छन्‌ । त्यस्तै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिहरूले देशका मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्‌ । एमाले तारकेश्वर नगर कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताएका हुन्‌ । उनले अहिलेको वैकल्पिक शक्तिबाट मुलुकको सार्वभौमसत्ता नै समाप्त हुने चुनौती समेत देखिएको उल्लेख गरेका छन्‌ । महासचिव पोखरेलले नयाँ वैकल्पिक शक्तिमा व्यवस्थित सोच, विचार, योजना र चिन्ता नदेखिएकाले उनीहरू नेपाली राजनीतिमा लामो समय नटिक्ने दाबी गरेका छन्‌ । यस्तो अवस्थामा असन्तुष्ट मतदातालाई स्वतः पुरानै पार्टीमा फर्काउनका लागि विगतका कमजोरीहरू लुकाउनुको सट्टा जनतामाझ गएर आफ्ना गल्ती–कमजोरी स्वीकार गर्ने र सच्चिने प्रतिबद्धता जनाउनुपर्ने उनले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड