• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल संवत् राष्ट्रिय संवत् भएकाले सरकारको दस्तावेजमा लेख्न आवश्यक भएको जिकीर

  • २५ कार्तिक २०८०, शनिबार १८:५४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सभामुख देवराज घिमिरेलाई बुझाएको सो क्षेत्रको भूकम्प सम्बन्धी स्थलगत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदनमा तिहार लगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन सरकारलाई सचेत गराउने कुरा उल्लेख गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिले मृतकका सबै परिवारलाई राहत दिने काममा पनि ढिलाइ नगर्न सरकारलाई भनेको छ । प्रधानमन्त्रीलाई भेटेर आफूहरूले मृतकका आफन्तलाई तत्काल राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको समितिका सभापति खतिवडाले बताए । समितिले स्थानीय सरकार आत्तिएकाले राहत, उद्धार र पुनस्र्थापनाको गर्न सहज ढंगले गर्न नसक्ने अवस्था रहेको पाइएको निष्कर्ष पनि निकालेको छ । त्यसैगरी सल्यान, दैलेख, कालिकोट, हुम्ला, सुर्खेतमा पनि भूकम्पको असर परेकाले त्यतातिर पनि ध्यान दिन समितिले सरकारलाई भनेको छ । प्रतिवेदनमा अबको ६ महिना भित्र पीडितका लागि भूकम्प प्रतिरोधी आवास बनाउने काम सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । समितिले त्यस क्रममा प्रदेश सरकार, प्रदेश संसदका पदाधिकारीहरूसँग पनि छलफल गरी पीडितलाई आवश्यक राहतको व्यवस्था गर्न आग्रह गरेको थियो । यता, समितिको प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले समितिले पीडाका बेला संसदले पनि केही गर्न सक्दो रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै स्थलगत अनुगमन गएका समितिका सांसदहरूलाई धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको जिकिर गरेका छन् । नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट पनि नयाँ आन्दोलनको सुरू गरिसकेको बताएका छन् । पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत कीर्तिपुरको कार्यक्रममा बोल्दै आन्दोलनको सुरू गरिसकेकाले अझै अगाडि बढाउने धारणा राखेका हुन् । उनले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको स्पष्ट पारे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको आरोप लगाए । उनले जनताको भरोसा र विश्वास जित्न सकिन्छ कि सकिँदैन त्यसतर्फ सोच्न कार्यकर्तालाई आग्रह गरे । उनले पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड