• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:01 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • २०१५ सालको निर्वाचनमा पराजीत

  • १३ बैशाख २०८२, शनिबार १९:४४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    भारतीय स्वतन्त्रता संग्राममा लागेका काँग्रेस संस्थापक नेताहरुसँगै उहाँ पनि गिरफ्‌तारीमा पर्नुभयो र जेल जानुभयो ।
    भारतको उत्तरप्रदेशस्थित जेलमा बस्दा उहाँको सङ्गत भारतीय काँग्रेसका प्रभावशाली नेता, पं. जवाहरलाल नेहरुका अत्यन्त विश्वासिला तथा निकट मित्र रफी अहमद किदवाई र समकालीन धेरै महत्वपूर्ण व्यक्तित्वहरुसँग भयो । सूर्यबाबुको विद्धता, गहिरो ज्ञान, नेपालको भू–राजनीतिक परिस्थिति तथा नेपाल भारत सम्बन्धको महत्व, सोचेरमात्र बोल्ने र तार्किक विचार दिने र आफ्‌नो मुलुक नेपाल बारे उहाँका सपना तथा लक्ष्यबाट किदबाई प्रभावित हुनुभयो । जेलबाट छुटिसक्दा अथवा भारत स्वाधीन हुँदा दुवैजनाको बीच अति घनिष्ठता बनिसकेको थियो ।
    जेलबाट छुटेपछि किदवाईले तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुसँग सूर्यबाबुको परिचय गराउनुभयो । सूर्यबाबुको विलक्षण प्रतिभा र अरुलाई छिट्टै प्रभाव पार्नसक्ने व्यक्तित्वबाट नेहरुलाई पनि गहिरो प्रभाव पर्‍यो, यतिसम्म गहिरो प्रभाव कि उहाँ नेहरुका घनिष्ठ मित्र हुनुभयो । नेहरुसँग सूर्यबाबुको घनिष्ठ सम्बन्धले गर्दा नेपाली काँग्रेसलाई २००७ सालको सशस्त्र क्रान्तिको आयोजना गर्न अनुकुल वातावरणका लागि महत्वपूर्ण योगदान पुर्‍यायो ।
    २००७ सालको क्रान्ति र परिवर्तनपछि गठित पहिलो मन्त्रिमण्डलमा उहाँ पर्नुभएन, तर २००८ साल जेठ २७ गते पुनर्गठित मन्त्रिमण्डलमा उहाँ खाद्य र कृषि मन्त्री हुनुभयो । २००८ साल मंसिर १ गते गठित मातृका मन्त्रिपरिषदमा उहाँ गृह र खाद्यमन्त्री हुनुभयो । २०१५ सालको निर्वाचनमा पराजित भए पनि २०१६ सालको निर्वाचित सरकारमा उहाँ गृह तथा कानुनमन्त्री हुनुभयो ।
    जननायक बीपी कोइराला प्रधानमन्त्रीको हैसियतले चीन भ्रमण जाँदा सूर्यबाबु पनि भ्रमणदलमा सामेल हुनुहुन्थ्यो, यद्यपि सो भ्रमणमा गृहमन्त्रीको खासै भूमिका भने थिएन । यसबाट बीपीले सूर्यबाबुलाई दिनुभएको महत्वका रुपमा अर्थ लिन सकिन्छ ।
    २०१७ को देशघाती परिवर्तनसँगै भएको धरपकडमा सूर्यबाबु बीपी, गणेशमानजीसँगै सुन्दरीजल बन्दीगृहमा नौ महिना जेल जीवन बिताउनु भयो । त्यसपछिको राजनीतिक क्रममा उहाँले काँग्रेसलाई सहयोग पुग्ने अनेक सत्प्रयास चालु राख्नुभयो । काँग्रेसले चलाएका परिवर्तनको कदमका निम्ति सहमतिका अनेक प्रयास उहाँले आफ्‌नो तर्फबाट गरिरहनु भयो ।
    कार्यकर्ताहरुको संरक्षणका लागि उहाँले पुर्‍याउनु भएको योगदानको मूल्याङ्कन भएको छैन । पञ्चायतकालका ती कष्टसाध्य दिनमा देशभित्र कार्यकर्ताका लागि संरक्षक नेता कोही थियो भने किसुनजी र सूर्यबाबु नै हुनुहुन्थ्यो । कार्यकर्तालाई हार किसिमले प्रशिक्षित गर्ने, विचारको राजनीतिमा प्रेसको महत्वबारे प्रशिक्षण दिने, व्यावहारिक राजनीति तथा जनतामा जाने बाटोका रुपमा सबै कुरालाई साधन बनाउने कलाको विकास हुनुपर्ने कुरामा जोड दिने उहाँको शैली थियो । कार्यकर्ताहरुलाई पञ्चायतका विरुद्ध जुझारु बनिरहनमा उहाँले सदैव प्रेरणा दिँदै उहाँ भन्नुहुन्थ्यो, नेपाली काँग्रेसका सबै कार्यकर्ता नेपाली जनताका सिपाही हुन्‌ ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड