
– भरत भूर्तेल –
नेपाली काँग्रेस विस्तारै पञ्चायतको खिलाफमा आन्दोलन गर्ने तयारीमा थियो । रामवरणजीलाई गिरफ्तार गरेकै कारण नेपाली काँग्रेसले आन्दोलन सुरु गर्दथ्यो वा गर्दैनथ्यो बेग्लै प्रसङ्ग हो तर पार्टीका शीर्षस्थ नेताहरुले यस्तो आश्वासन दिनु भएपछि रामवरणजीमा अझ आत्मविश्वास थपियो ।
इन्कलावमा उठेका हात
नेपाली काँग्रेस पञ्चायतविरुद्धको आन्दोलन गर्ने भित्री तयारीमा जुठेको थियो । यसका लागि सङ्गठनलाई त्यही अनुरुप बनाउनुपर्ने आवश्यकता अनुभव गरेर नेपाली काँग्रेस पुनर्गठनको प्रक्रिया प्रारम्भ भयो । यसो गर्नका लागि नेपाली काँग्रेसका जिल्ला क्षेत्र र गाउँ तहसमेतका कार्यसमिति विघटन गरिए । २०४४ सालको अन्त्यतिर यसरी समिति विघटन भएपछि २०४५ सालको प्रारम्भमा नयाँ समिति निर्माण सुरु भयो । अधिकाँश जिल्लामा यस्ता नयाँ समिति निर्माणका काम सहज ढङ्गले समपनन भए पनि कार्यकर्ताको संख्या अत्याधिक भएका जिल्लाहरुमा नयाँ कार्यसमिति निर्माण तयति सजिलो थिएन ।
उदाहरणका लागि धनुषा जिल्लामा नयाँ कार्यसमितिको चयन सम्पूर्ण क्रियाशिल सदस्यहरुको सहभागितामा निर्वाचनद्वारा हुनुपर्ने माग उठ्यो । धुनषा यस्तो जिलल मध्ये पर्दथ्यो जहाँ हरेक गाउँमा नेपाली काँग्रेसको सङ्खठन थियो र नियमपूर्वक क्रियाशील सदस्यता वितरण गरिएको थियो । क्रियाशील सदस्यहरु मध्येबाट कार्यसमिति चयनको प्रस्तावलाई केन्द्बाट आएका नेताहरुको स्वीकार गर्नुभयो ।
तत्कालीन सहमहामन्त्री वाशु रिसालको उपस्थितिमा निर्वाचन हुने भयो । सभापति पदमा आनन्दप्रसाद ढुंगाना र शिवधारी यादवबीच प्रतिस्पर्धा भयो । आनन्दप्रसाद ढुंगाना विजयी हुनुभयो । यस जिलल कार्यसमितिमाथि ठूलो दायित्व थियो । पञ्चायतविरुद्ध आन्दोलन गर्नुपर्ने र यस आन्दोलनलाई निर्णायक बनाउनुपर्ने भएकाले काँग्रेसभित्र जुझारु कार्यकर्ताको आवश्यकता थियो । आनन्दप्रसाद ढुंगानाले कार्यसमितिमा सदसयहरु मनोनयन गर्दा पार्टीलाई परिआएका बेलामा जस्तो सुै बलिदान दिन तयार रहनु पर्ने सर्त राख्नु भयो ।









