
– भरत भूर्तेल –
कहिलेकाही कुनै दुर्भाग्यसमेत कसरी सौभाग्यमा परिणत हुन्छ भन्ने उदाहरण दिनु पर्दा उहाँ २०५१ सालमा चुनाव हारेको कारण देशदर्शनको अवसर पाएको घटनालाई उल्लेख गर्न बिर्सनु हुन्न ।
चुनाव हारेको घटनालाई बिर्सेर उहाँ संगठन निमाृण्मा व्यस्त हुनुहुन्थ्यो । देशभरिका पार्टीका कार्यकर्तासँगको भेटघाट, छलफल एवं अन्तरक्रियाबाट उहाँले ठूला शिक्षा ग्रहण गर्नुभएको थियो । तथापि, दुर्भाग्यले उहालाई सम्भवतः छाडेको थिएन । दुःख बाजा बजाएर आउँदैन चुपचाप आउँछ र गर्नु नगर्नु गरेर जान्छ भन्ने भनाइलाई चरितार्थ गर्दै रामवरणजीका जीवनमा यसै बेला अर्को दुर्भाग्यपूर्ण घटना भयो । त्यो थियो उहाँका भाई रामलगनजीलाई क्यान्सरजस्तो असाध्य रागले च्यापेको घटना ।
रामलगनजी खानपिनका लागि निके सौखिन मानिस हुनुहुन्थ्यो । सुपाडी, ापनपराग र गुट्खा भनिने सुर्ती मिसिएका खानेकुरा निरन्तर सेवन गर्ने उहाँलाई मुखमा क्यान्स भएको आशंका त्यसै बेला गरिएको थियो, जनु बेला पञ्चायतिविरुको आदोलन चल्दै थियो । २०४६ सालमा त्यस बेला रामवरणजीहरु जलेश्वर जेलमा हुँदा नै रामलगनजीलाई क्यान्सर भएको कुरा थाहा भयो । यसबेला चन्द्रमोहन कलकत्तामा अध्ययनरत थिए र रामलगनजीको प्रारम्भिक उपचार त्यही गरिएको थियो ।
उपचारपछि उहाँलाई केही विशेक भयो । तथापि खानपिनमा उच्च सतर्कता उपनाउनुपर्ने चिकित्सकको सल्लाह थियो । रामवरणजी स्वयं डाक्टर हुनुभएका कारण रामलगनजीको स्वास्थ्यप्रति उहाँ सतर्क हुनुहुन्थ्यो । रामलगनजीका लागि सुर्तीजन्य पदार्थ विष समान थियो र सुपाडी, पानपराग, गुट्खाजस्ता वस्तु वर्जित थिए तर रामलगनजीले यी कुनै पनि वस्तु खान छाड्नु भएन । रामवरणजी वा अन्य परिवारका सदसइसामु नखाए पनि उहाँ लुकेर यी वस्तुको सेवन गर्नु हुँदो रहेछ ।
रामलगनजीको रोग बल्झियो । रोग बल्झेपछि उहाँलाई उपचारका लागि चण्डीगढ पुर्याइयो, जहाँ त्यसबेला चन्द्रमोहन एम.डी.को अध्ययन गर्दै थिए ।









