• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 03:33 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तराई क्षेत्रमा विशेष लोकप्रिय नेता

  • ७ भाद्र २०८२, शनिबार १९:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    २००७ सालमै बिराटनगरको लडाईमा दमन गर्न तीनसय नेपाली सेनालाई राणाहरुले काठमाडौबाट कोशी तारेर इनरुवाबाट विराटनगरतर्फ बढाउँदा कुलदीप झा नामक भारतीय समाजवादी, जो नेपालमै धेरैजसो बसोबास गदर्थे, उनले अदम्य साहसका साथ आफूसँग भएको राइफल चलाएर सेनालाई तितरबितर पारेका थिए । धेरै सैनिकहरुले आफ्‌ना हतियार छोडेर भाग्नुपरेको थियो । कुलदीप झा नेपाली सेनाबाट मारिए । वीरताका यस्ता धेरै सत्यकथाहरु तराईमा नेपाली काँग्रेससँगै छन्‌ ।
    नेपाली काँग्रेसको राजनीतिमा लागेर पार्टी महामन्त्री हुँदै मुलुकको पहिलो राष्ट्रपति हुनुभएका चिकित्सा व्यवसायी डा रामवरण यादव, सत्तामा मधेसीको पहुँच, प्रभाव र गौरव नाप्ने प्रमाण पनि हुनुभएको छ । तुर्सा हेम्रम झापा र मोरङमा बसोबास गर्ने तराईका आदिबासी सन्थाल सतार जातिका सर्वमान्य काँग्रेस नेता हुनुहन्थ्यो । त्यो बेला ९० प्रतिशत सन्थालहरु नेपाली काँग्रेसका समर्थक तथा मतदाता थिए ।
    सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंह नेपाली काँग्रेसमै रहेर केन्द्रीय नेतृत्वमा पुग्नुभएको व्यक्तित्व हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रविरोधी कदम चलाएपछि भारतको पटनामा भएको नेपाली काँग्रेसको सम्मेलनले सुवर्ण शम्शेर कार्यवाहक सभापति हुनुभयो र उहाँले गजेन्द्रनारायण सिंह लगायत काशीप्रसाद श्रीवास्तव, सत्यनारायण मल्लिक र भागवत यादव गरी चारजनालाई २६ सदस्यीय केन्द्रीय समितिमा समावेश गर्नुभयो । पञ्चायतकालमा डा हर्क गुरुङको आप्रवासन तथा बसाईसराई सम्बन्धी प्रतिवेदनबाट मधेसी समाजमा असुरक्षाबोध र उत्तेजना फैलिएपछि उहाँले सद्भावना परिषद् स्थापना गर्नुभयो । २०४६ पछि सो परिषदलाई उहाँले पार्टी बनाउनु भयो र उहाँ काँग्रेसबाट बाहिरिनु भयो ।
    २०३३ सालमा महोत्तरी नेपाली काँग्रेसको जिल्ला सभापति हुँदै २०४८ सालमा सांसद निर्वाचित भएका, एकपटक मन्त्री हुनुभएका स्व. महेश्वरप्रसाद सिंह नेपाली काँग्रेस र तराई क्षेत्रमा विशेष लोकप्रिय नेताका रुपमा हुनुहुन्थ्यो । बीपी कोइराला, सुवर्ण शम्शेर र भारतीय सर्वोदय नेता जयप्रकाश नारायणका सद्गुणबाट प्रेरित तथा प्रभावित एक शालिन र भद्र नेताको रुपमा उहाँलाई सबैले श्रद्धापुर्वक सम्झिने गर्दछन्‌ । २००९ सालदेखि नै नेपाली काँग्रेसमा निष्ठापूर्वक आवद्ध गान्धीवादी नेता स्व. महेन्द्रनारायण निधि पार्टीमा महामन्त्री र २०४७ सालको संक्रमणकालमा मन्त्री हुनुभएको थियो । २००९ सालमा जनकपुरमा भएको पाँचौ तथा स्वदेशभित्रको पहिलो राष्ट्रिय महाधिवेशनबाट बीपी सभापति निर्वाचित भएपछि केन्द्रीय समितिमा मनोनित गरेर पार्टीमा पहिलो पटक मधेसीलाई नेतृत्वपंक्तिमा राख्नुभयो । तर २०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनपछि रामनारायणमात्र पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनित हुनुभएको थियो ।
    २०१५ सालको पहिलो आम निर्वाचनमा तराईबाट निर्वाचित केही नेताहरुमध्ये सप्तरीबाट डा नागेश्वरप्रसाद सिंह, सप्तरी पश्चिम बाट सूर्यनाथ दास यादव, सिराहाबाट देवनाथ दास यादव, क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड