
– कमल चित्रकार –
तर, प्रजातन्त्र काँग्रेसले नेपाला क्रान्ति गर्न एक गोदाम चारतारे झ(डा बनाएर तयार गरिसकेको बेलामा दुई काँग्रेस एक भएका हुँदा एकीकृत काँग्रेसले पूर्व प्रजातन्त्र काँग्रेसको झाण्डा बरण गरेको थियो ।
२०१५ सालको आम चुनावमा पराजित भएका दुई नेतालाई नेपाली काँग्रेसले महत्वपूण जिम्मेवारी दिएको थियो । किसुनजीले गोरखामा चुनाव हाुर्नभयो तर उहाँलाई तत्कालीन प्रतिनिधिसभाको सभामुख बनाइयो । सूर्यबाबु जो दुव्े स्थानबाट चुनाव लडेर पराजित हुनुभए तापनि उहाँलाई बीपीले गहृमन्त्री बनाउनु भयो । दुवै नेता आप्mना जिम्मेवारीमा अत्यन्त निपूणर् तथा सफल हुनुभयो ।
सूर्यबाबु धेरै कुरामा जानकार हुनुहुन्थ्यो । उहाँ देश विदेशका धेरै रोचक, गम्भीर र प्रभावकारी सूचनाहरु राख्ने गर्नुहुन्थ्यो । उहाँका लख रचनाहरु उच्च बौद्धिक, समाधानमूलक र घतलाग्दा हुनेगर्थे । उहाँका विचारहरु आज पनि समान रुपले सान्दर्भिक छन् । तत्कालीन काँग्रेसका विग फपोर बारे उहाँको भनाई थियो, पार्टीका चार नेता तासका चार बादशाह जस्तो एकले अर्कालाई मार्ने खालका होइनन् । यो कुरा आजका नेताहरुले मनन् गर्नुपर्दछ ।
क्रान्ति र परिवर्तन बारेमा उहाँको भनाइ थियो, राजनैतिक अदल बदलले मात्र क्रान्तिको अङग पूणर् गर्दैन । सामाजिक तथा आर्थिक समानता प्रत्येक व्यक्ति र जनतामा प्राप्त गराउने व्यवस्थामात्र क्रान्तिकारी हुन्छ । केबल शोषित तथा दलित वर्गमात्र समग्र क्रान्ति चाहन्छन् र वास्तवमा क्रान्तिको अग्रदूत यिनै हुन्छन् ।
नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता नेपाली जनताका सिपाही हुन् भन्ने उहाँको मान्यता थियो । लोकतन्त्रका लागि एउटै पार्टी वा मोर्चाबाट मात्र काम गर्नुपर्छ भनने मान्यताका विपरित लोकतन्त्र सबैतिरको निष्यठापूणर् सहयोगबाट मात्र सार्थक हुन्छ भन्ने उहाँको तर्क थियो ।
मेरा ठूल्दाइ अर्जुननरसिंह केसी विद्यार्थी हुँदाकै अवस्थामा पनि उहाँलाई सूर्यबाबु एउटा होनहार युवा र आगामी पुस्ताको राष्ट्रिय नेताको सम्भावना देखेर त्यही रुपमा अत्यन्त स्नेहपूणर् व्यवहार गर्नुहुन्थ्यो र राजनीतिक निम्ति चाहिने सबै कुरा वा गुणको विकासका लागि सल्लाह सुझाव दिनुहुन्थ्यो । हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेको प्रत्यके व्यक्तिमा केही न केही मानवीय गुण हुन्छ, त्यो गुण राजनीति गर्नेले चिन्नुपर्ने सञ्चारमाध्यमसँग राजनीति गर्नेले मैत्री र पारस्परिक सहयोगपूणर् सम्बन्ध बनाउनु पर्छ भनी उहाँ ठूल्दाइलाई विद्यार्थी कालदेखि नै पथप्रदर्शन गनुहुन्थ्यो ।
सूर्यबाबुको सक्रिय राजनीतिक जीवनमा म विद्यार्थी थिएँ । उहाँले मलाई तत्कालिन सोभियत संघमा चिकित्साशास्त्र पढाउनका लागि विशेष प्रयास गर्नुभएको थियो । मेरो हेल्थ असिष्टण्ट डिग्री मित्रराष्ट्र भारतले मान्यता नदिएको कारणले गर्दा तत्कालिन रसियन राजनीतिसँग नजिक भएका डा केशरजंग रायमाझी मार्फत मेरो अध्ययनका लागि निकै कोशिस गर्नुभएको थियो । पछि मैले बंगलादेशमा पढ्ने मौका पाएँ । उहाँ हामी सबै भाइहरुलाई स्नेहवत व्यवहार गनुृहुन्थ्यो । उहाँले मेरो परिवारका प्राय सबै सदस्यहरुलाई विशेष सहयोग पुर्याउनुभएको थियो ।
क्रमशः









