
तसलीमा नसरीन
जुलुस हाम्रो घरमा पनि आयो । जुलुसमा सामेल मान्छेहरुको ठटाउकोमा रातो कपडा बाँधिएको थियो । मलार्य एकजनाले भन्या, जाऊ भित्र गएर ठूलो मान्छेलाई बेलाऊ । चामल लिएर आउनु भन ।
मेरा हातगोडा फतक्के गले । दौड्दैभित्र गएर मैले आमालाई भने, आमा चामल दिनु अरे । बाहिर मान्छेहरु छन् ।
आमाले प्रतिवाद गनुृभयो, मान्नेबित्तिकै दिनुपर्छ त ? तिमीहरु के खान्छौ नि ?
सबैले दिंदैछन् । उनीहरुको पोकोमा थुप्रै चाम छ । तपाई गएर हेरेर त आउनुस् । बाहिर बोलाउँदै छन् । मैले अमाको हात समातेर तानेँ ।
आमाले ढोकाको चौकोशबाटै सोध्नुभयो, के चाहियो ?
एकजना युवक अघि आएर भन्यो, आमा हामीलाई चामल चाहियो । मान्छेहरु खान नपाएर मरिरहेका छन् । त्यसैले हामी विद्यार्थीहरु घर घर घुमेर चामल संकलन गर्दैछौ । यसबाट भोकाहरुलाई खान खुवाइनेछ । हामीलाई जति सक्नुहुन्छ, चामल दिएर सहयोग गर्नुस् ।
बाँकी युवाहरुले भने, कोही खान पाउने, कोही खान नपाउने, यसरी चल्दैन । उत्तेजनाले मेरो शरीर काँप्न थाल्यो ।
मैले आमालाई भनेँ, आमा चामल दिनुस् । चावी फुटाएर भए पनि चामल दिनुस् ।
तेरा बाउले मेरो ढाड पो भाँच्छन् । आमाले सानो स्वरमा भन्नुभयो ।
मारे मार्नुहुन्छ तर चामल दिनुस् । बरु मिलेर तोडौ ताला ।
बाहिर त्यतिधेरै मान्छे देखेर आमा आत्तिनुभयो । तेरा बाउलार्य कसैले खबर गरिदिए पनि हुने । अब मैले एक्लै कसरी सम्हाल्नु ?
ढोका खुल्लै थियो । छिमेकका केटाहरु पनि तमाशा हेर्न भेला भएका थिए । आमा हरसम्भव तरिकाले उनीहरुलाई अल्मल्याउँदै हुनुहुन्थ्यो । उत्तेजित हुँदै मैले आँगनबाट एउटा ढुंगो टिपेर ल्याएँ अनि तालामा ठोक्न थालेँ । मेरो चौथो प्रहारका ड्रमको ताला फुट्यो । क्रमशः









