• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भूविक्रम सत्याग्रहमा सामेल

  • ४ जेष्ठ २०८२, शनिबार १८:३२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    २००७ सालको जनक्रान्तिमा समर्पित रुपले लाग्नुभएको २०१७ सालको परिवर्तनपछि निर्वासित जीवन पनि बिताउनुभएको, २०४६ को जनआन्दोलनमा सक्रियतापूर्वक खट्नुभएका नेता आचार्य सुकुम्बासी समस्याको स्थायी समाधानबारे पनि सुल्झिएको विचार बोकेका व्यक्तित्व हुनुहुन्थ्यो । २०४८ को आमनिर्वाचनपछि उहाँ भूमिसुधार तथा व्यवस्थामन्त्री हुनुभयो ।
    राणा शासनको अवस्थामा उहाँले भईरहेको जागिर छोडेर आन्दोलनमा लाग्नुभयो । २००७ सालको जनक्रान्तिका साथै २०२६ साल, २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा उहाँ पटक पटक गिरफ्‌तार हुनुभयो । २०१७ सालमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु जेल वा निर्वासनमा भएक बेला उहाँ निर्वासनमा भारत जानुभयो र २०२६ सालमा स्वदेश फर्किनुभयो । २०३० सालमा उहाँ फेरि निर्वासनमा जानुभयो र २०३३ सालमा बीपी कोइराला, गणेशमान सिंहसँगै स्वदेश फर्किनुभयो ।
    पछिल्ला दिनमा उहाँमा सङ्गठनात्मक विचालन आयो, तर उहाँले आफ्‌ना जीवनभरि वरण गरेका आधारभूत मूल्य मान्यतामा कहिल्यै कसैसँग सम्झौता गर्नुभएन । उहाँले गणेशमानजीको जनजागरण अभियानलाई साथ दिनुभयो र जनकाँग्रेसको संस्थापक अध्यक्ष पनि बन्नुभयो । पछि उहाँ ती सबैलाई थन्क्याएर नेपाली काँग्रेसमै फर्किनुभयो ।
    वि.सं. १९८१ वैशाख ११ गते भक्तपुरको कौशलटारमा जन्मनुभएका नेता आचार्यको २०६१ साल वैशाख २६ गते निधन भयो ।
    भूविक्रम नेम्वाङ
    लोकतान्त्रिक आन्दोलनमा भूविक्रम (भवानीविक्रमको नामले पनि परिचित) को योगदान अन्य प्रजातन्त्रका सेनानीहरुभन्दा कम छैन । २०१४ सालमा नेपाली काँग्रेसको सत्याग्रह चलेको बेला २१ वर्षीय युवा भूविक्रम सत्याग्रहमा सामेल भएदेखि काँग्रेसको राजनीतिमा अनवरत रुपमा सक्रिय रहनुभयो । बीपी कोईरालाका विचार र आदर्शबाट प्रभावित भएर प्रजातन्त्रको संघर्षमा लाग्नुभएका र २०१७ सालको निरंकुश कदम चलाएको १७ दिनपछि अब हतियार नउठाए प्रजातन्त्र फर्किने छैन भन्ने अन्तरात्माको आवाजले घर छोडेर हिँडाएको भूविक्रमले पाँचथर र इलामको सीमा सुकेपोखरीमा अवस्थित प्रहरी थानाबाट हतियार जफत गरेर भूमिगत हुनुभयो । सम्झौताविहीन तथा क्रान्तिधर्मी भएको कारणले उहाँलाई २०१७ पछि क्रान्तिकारी काँग्रेस जनहरु चे ग्वेवारा भन्ने गर्थे, दाजुभाईमा साईलो परेकोले निकटस्थहरु साँल्दाई पनि भन्दथे ।
    २०१८ सालमा पञ्चायतको विरुद्ध पूर्वी पहाडमा ठूलै विद्रोह भयो । दार्जीलिङमा आधुनिक शिक्षा लिएका २५ वर्षे युवक भूविक्रम कोशी मेची पहाडका प्रहरी थाना कब्जा गर्न सक्रिय रहनुभयो । तत्कालीन काँग्रेस सभापति सुवर्ण शमशेरको नेतृत्वमा भएको प्रतिरोध आन्दोलन, भूराजनीतिको शिकार भएपछि पूर्वी नेपालमा उहाँ लगायत सीके प्रसाई, खनुपरुदे रामबाबु प्रसाई, देवान दोर्जे, महेन्द्र केरुङ आदि क्रान्तिकारीहरु मेचीपारि पश्चिम बंगालको नक्सलवाडीमा जम्मा हुनुभयो । त्यहाँका चियाबगानमा चारु मजुमदार र कानु सन्यालले नक्सलाइट आन्दोलन चलाउनुअघि नेपालबाट गएका काँग्रेसका क्रान्तिकारीहरुले राजनीतिक जागरण सुरु गर्नुभएको थियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड