
– अर्जुननरसिंह के.सी. –
ठाकुरराम बहुमुखी क्याम्पस, श्रीपुर हाईस्कुल नेपाल राष्ट्रिय विद्यापिठ जस्ता उत्कृष्ट शिक्षणकेन्द्रको स्थापना उहाँको प्रेरणा र देन हो ।
२००९ सालमा मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकार बनेपछि उहाँसँग तेजबहादुरजीको क्रान्तिकालमै नीतिगत मतभेद भएकोले बडाहाकिम पदबाट राजीनामा दिनुभयो । कारण क्रान्तिको क्रममा मुक्तिसेनाले बरामद गरेको ३५ लाख (तेजबहादुरजीको भनाईमा ४५ लाख) दिल्लीमा भएका राजालाई बुझाउनुपर्छ भन्ने पक्षमा मातृका हुनुहुन्थ्यो भने तेजबहादुरजी सो रकम स्थानीय जनताको भएकोले राजालाई नदिएर स्थानीय विकास र जनताको भलाईमा लगाउनुपर्छ भन्ने पक्षमा मातृका हुनुहुन्थ्यो भने तेजबहादुरजी सो रकम स्थानीय जनताको भएकोले राजालाई नदिएर स्थानीय विकास र जनताको भलाईमा लगाउनुपर्छ भन्ने चाहनुहुन्थ्यो । तर मातृकाले दिल्ली लिएर जाँदा भारतीय सुरक्षाकर्मीले बरामद गरेको र त्रिभुवनको हातमा पनि नपुगेको कारण स्वाभमिानी तेजबहादुरजीले त्यागपत्र दिनमै उचित देख्नुभयो ।
राष्ट्रिय राजनीतिमा सरिक हुने खासै चासो नराख्नुहुने तेजबहादुरजी २०१७ सालको तानाशाही कदमपछि रक्सौलमा बसेर नेपालमा प्रजातान्त्रिक संघर्षको नेतृत्व गर्नुहुन्थ्यो । जनकपुर क्षेत्रमा नेपाली काँग्रेसका अर्का खम्बा सरोजप्रसाद कोइरालासँग दुवैको रसायन मिल्ने भएकोले निर्वासित अवस्थामा उहाँहरुको समन्वयमा कामहरु हुन्थे । दुवै सशस्त्र कारबाही नचलाई राजाको शासनलाई तह लगाउन सकिन्न भन्ने मान्यता राख्नुहुन्थ्यो । २०१८ साल कार्तिक २६ गते क्रान्ति दिवसकै अवसर पारेर काँग्रेसले सशस्त्र कारबाहीको घोषणा गरेपछि त्यसले तराई क्षेत्रको अतिरीक्त पहाडका ११ वटा जिल्लामा पनि निकै ठूलो खैलाबैला ल्यायो । यसलाई सफल बनाउन दुवै नेताहरु समर्पित भएरु खट्नुभयो । कसैको ज्यान लिन नभई राजालाई तर्साउनको लागि जनकपुर र वीरगञ्जमा बम हान्ने, दुवै नेताको तयारी थियो ।
उहाँको जन्म वि.सं. १९७७ साल मंसिरमा माता पिता ललितबहादुर र योगकुमारी अमात्यबाट ३ मध्ये माईलो छोराको रुपमा विरगञ्जमै भएको थियो । पिता राणाकालिन सरकारी सेवामा वीरगञ्जको डिठ्ठा तथा परोपकारी र समाजसेवी हुनुहुन्थ्यो । छोरा राणाविरोधी गतिविधिमा लागेको कारण पिता ललितबहादुरलाई जागिरबाट हटाईएको थियो । तेजबहादुरजीका दाजु भक्तबहादुर सामान्य व्यवसायी हुनुभयो भने भाई दोलेन्द्रबहादुर २०१६ सालमा संसदको माथिल्लो सदन, महासभाको सांसद बन्नुभयो । २०१७ सालको परिवर्तनपछि दोलेन्द्र पनि ५ वर्ष राजबन्दी हुनुभयो ।
नेपाली काँग्रेसका नेता वीरगञ्ज (गहवा) निवासी तेजबहादुर अमात्यको २०२२ साल चैत २८ गते साँझ ७ः४५ बजे, ४६ वर्षको उमेरमा रक्सौलमा हत्या भयो । त्यसभन्दा अघि पनि उहाँको तीनपटक हत्याको प्रयास भएको थियो – पहिलोपटक रक्सौलबाट रेलमा कलकत्ता जाँदा रेलमै छुरा धस्ने असफल प्रयास भयो । दोस्रो पटक कलकत्ताको चौरंगी बजारमा शशी शम्शेरसँग हिड्दैगर्दा छुरा हान्ने प्रयास र तेस्रो पटक रक्सौलमा उहाँ बसेको घरमै बम हानेर ध्वस्त पार्ने प्रयास । क्रमशः









