• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:05 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धेरै बेर टेबुल ठटाएर समर्थन र स्वागत

  • १४ मंसिर २०८२, शनिबार १९:१०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    – कोइराला निर्विरोध प्रम, २०६३ वैशाख १२ गते : सात राजनीतिक दलहरुको बैठकले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदका लागि सर्वसम्मतिले सिफारिस । तत्कालीन नेपाली काँग्रेस प्रजातान्त्रिक का सभापति शेरबहादुर दउवा र नेकपा एमाले का महासचिव माधवकुमार नेपालले प्रस्तावित गर्दा कोइरालाले पहिलो प्रतिक्रिया म त अब बुढा भएँ, स्वास्थ्यले पनि त्यति साथ दिएको छैन, मभन्दा अरु कोही भए उनैलाई प्रस्तावित गरे झन राम्रो भन्ने अभिव्यक्तिलाई बैठकले उहाँलाई प्रधानमन्त्री बन्न पुनः आग्रह गरेको ।
    – सभामुख रानाभाटको राजीनामा, २०६३ वैशाख १३ गते : सात राजनीतिक दलले प्रधानमन्त्रीको लागि सर्वसम्मत रुपमा सिफारिश गरी राजाबाट यो समेत पाचौपटक नियुक्त भएका गिरिजाप्रसाद कोइरालाद्वारा नारायणहीटी राजदरबारमा सपथग्रहण । यसअघि उहाँ २०४८ जेठदेखि २०५१ मंसिरसम्म पहिलोपटक, २०५४ चैत ३० गते, २०५५ पुस १० गते, २०५५ चैत ७ गते पनि प्रधानमन्त्री हुनुभएको ।
    – पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन सुरु, २०६३ वैशाख १५ गते : राजाको ११ वैशाखको शाही घोषणामा उल्लेख भएअनुसार पुनःस्थापित प्रतिनिधिसभाको बैठक काँग्रेस नेतृ चित्रलेखा यादवको अध्यक्षतामा सुरु । यसै दिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी का वरिष्ठ नेता सीताराम यचुरी काठमाडौ आइपुगेका । संसद सचिवालयमा प्रधानमन्त्रीले दर्ता गर्नुभएको संविधानसभामा जाने निर्णय गरियोस् भन्ने प्रस्ताव २ दिनपछि सदनमा प्रस्तुत हुँदा ८३ जना माओवादीहरु पनि थपिएका सम्पूर्ण सांसदहरुबाट सर्वसम्मतिका साथ धेरैबरे टेबुल ठटाएर समर्थन र स्वागत ।
    – मन्त्रिपरिषद गठन, २०६३ वैशाख १९ गते : नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिफारिस र अध्यक्षतामा ७ सदस्यीय मन्त्रिपरिषदको गठन ।
    – रायमाझी आयोग गठन, २०६३ वैशाख २२ गते : शाही शासनको बेला गठित गैरकानूनी शाही आयोगले गरेका कारबाही रद्द गरी ज्यादातिपूर्ण र प्रतिशोधपूर्ण कारबाही गर्ने आयोगका अध्यक्ष भक्तबहादुर कोइरालालगायत अन्य दोषीहरु उपर कारबाही गर्न पुनःस्थापित प्रतिनिधिसभाबाट सरकारलाई निर्देशन । सोही दिन, सत्तामा बसेर जनआन्दोलनमा दमनकारी ज्यादति गर्ने दोषीमाथि कारबाही गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा पत्रकार हरिहर विरही, अधिवक्ताद्वय रामप्रसाद श्रेष्ठ तथा रामकुमार श्रेष्ठ, चिकित्सक डा किरण श्रेष्ठ सदस्य रहेको ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन, अध्यक्षलाई प्रधानन्यायाधीश दिलिपकुमार पौडेलले र सदस्यहरुलाई अध्यक्ष रायमाझीले वैशाख २७ का दिन शपथग्रहण गराएको ।
    – प्रतिनिधिसभा घोषणा, जेठ ४, २०६३ साल मई १८ , २००६ : प्रतिनिधिसभाले राजाका सम्पूर्ण अधिकार निलम्बन गर्नु का साथै सार्वभौमसत्ता जनतामा निहित रहेको घोषणा गर्‍यो, जसलाई प्रतिनिधिसभाको घोषणा २०६३ भनिन्छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड