
त्यसो म आफूलाई पनि आफनो दिमाग अरुभन्दा अलि कम भएजस्तो लाग्थ्यो । तर, बाबालाई मैले उहाँले सुन्न चाहेको जवाफ दिएँ ।
अइया आमा, टाउको दुखेर मरेँ । छोरी मेरो टाउको मालिस गर त बाबाले बडो कोमक स्वरमा भन्नुभयो ।
पलङमा अडेस लगाउँदै मैले बाबाको कपाल मुसार्न थाले । मलार्य आप्mनो औला आप्mनो जस्ता लागेनन् । त्यहाँ उभिएको मेरो शरीर नै अरु कसैको जस्तो लाग्यो । म खुला झ्यालबारि उदास हुँदै हेर्न थालेँ । बाहिर सानो खाल्डो पनि घामको किरणले चम्किरहेको थियो । मनमनै म त्यही पानीमा हात चालेर दौडन थालेँ । आखिर यो अढाई फिटको खाल्डोमा कहाँ नै पुग्नु छ र । विरालोको आक्रमणमा घाइते भएको मुसाझै मेरा आँैला लर्बराउँदै बाबाको टाउकोमा दौडिरहेका थिए ।
हजुर मैले जवाफ दिएँ । आफूभन्दा ठूलाले बोलाउँदा हजुर भन्नुपर्छ भनेर आमाले सिकाउनुभएको थियो । हजुरको सट्टा हँ वा के भनियो भने आमाले सोमत नभएकी भन्नुहुन्थ्यो । यस मामिलामा म निकै बेसोमति छु भन्नो आमाको दृढ विश्वास थियो ।
इदको दिन बिहानै सबैको खुट्टा छोएर सलाम भन्नुपथ्र्यो । म त्यसो गनृ पटक्कै सक्दिनँ थिएँ । आमा धकेल्दै मलाई बाबाको खुट्टा छुन पठाउनुहुन्थ्यो । म ढोकाको चौखटमा अटेरी बनेर उभिइरहन्थेँ, कसेको खुट्टा छुँदिनथेँ – न आमाको न बाबाको ।
बाबाले कजोर स्वरमा भन्नुहुन्थ्यो, कपाल अलि जोरले तानिदेन । बाबाको टाउकोमा घना र घुम्रिएको कपाल थियो । कपाल तान्दा बाबाको टाउकोमा रहेको रगतको टाटा मेरो हातमा लाग्यो । कतै बाबा मर्ने त होइन भनेर मलाई डर लाग्यो ।
बाबा यसरी ओछ्यानमा थला परेकै बेलामा प्mयाटै मर्नुभयो भने के होला ? म बाबाको कपाल विस्तारै तान्न थालेँ । तर, बाबाले भयो छोरी आजलाई पुग्यो, जा गएर पढ । पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुभएन ।
घामको प्रकाश खाल्डोबाट हटेर अम्बाको रुखमा पुगिसक्यो । क्रमशः









