
तसलीमा नसरीन
आमाको एकान्त जीवनमा गुडिया, पुतली उस्तैगरी लडिरहेका थिए । आमाको पुतलीसँग बिहे गर्न अमलाको गुडिया चाहिँ उदास थियो । आमा पनि त्यो पुतलीसँग उदास हुनुहुन्थ्यो ।
पुतलीको खेल खेल्ने उमेरमा नै आमाको बिहे भएको थियो । बिहेपछि पनि आमा आप्mनो लोग्नेसँग मेलामा घुमाउन लान, खेलौना किनिदिन आग्रह गर्नु हुन्थ्यो । आफै एक छोराको आमा बनेपछि मात्रै खेलौनासँग खेल्ने आमाको शोख बन्द भएको थियो । सन् ५२ मा अर्थात् आप्mनो जेठा छोरा जन्मिएकै साल बंगाली भाषालाई राष्ट्रिय भाषा बनाउने मागका साथ भएको प्रदर्शनमा उर्दुभाषीहरुले गोली चलाएका थिए । यसरी मुसलमानले नै मुसलमानलाई मार्ने हो भने छुट्टै देश बनाएको के फाइदा भयो त ? आमालाई यो कुराले निकै पिरोलेको थियो ।
युवाहरुको जुलुस ६ सूत्रीय माग लिएर निस्कन्थ्यो । त्यही अहिले अयुवशाही मूर्दावाद, अयूवलाई फाँसी दे भन्ने नारासहितको जुलुस निस्कन्थ्यो । भ्यागुते पोखरीको डिलमा भएको घरबाट आमाले हेर्दाहेर्दै केही समयमा नै जुलुसको चरित्र यसरी बदलिएको थियो ।
मनुमियाको पसलमा केही सरसामान लिएर आउँदा/जाँदा अक्सर मेरो नजर एकजना दुब्लोपातलो केटोमाथि पथ्र्यो । त्यो केटो टोलकै मिठो बयरको झाङमुनी बनेको टिनले छाएको घरमा बस्थ्यो । हुन त त्यो घरको पछाडि अर्को ठूलो घर पनि थियो, जसमा उसको आमा र बहिनी बस्थे । त्यो बेलामा घरका सबैभन्दा जेठाबाठा छोरालाई अलि हुर्केपछि घरको सबैभन्दा छेउ वा बाहिरको कोठा दिइन्थ्यो । मेरा ठूल्दाई र सान्दाइलाई पनि यसै गरिएको थियो । त्यो केटो खोकनको ठूल्दाई मिन्टु हो भन्ने कुरा एक दिन मलाई सान्दाइले सुनाउनु भयो । खोकन हाम्रो सान्दाइको मिलने साथी थियो । दुई जनाको मित्रता कति जब्बर थिो भने दुवैले एउटै केटीलाई मन पराउँथे । क्रमशः









