
तसलीमा नसरीन
कुनै पनि स.स्थाप्रति यति लामो समयदेखि यत्रि धेरै प्रहार भएको थिएन, जति विवाह नामक स.स्थाप्रति भयो । कुनै पनि स.स्था चर्किए पनि केही दिनसम्म धिपधिपाउँछ र फेरि कुनै समय झ्याप्प निभ्छ । विवाहमा न त कुनै धिपधिपाहट छ, न निभ्छ नै । हिप्पीहरुको जमानामा सन् ८० को दशकमा एकचोटि रातो बत्ति बलेको थियो । त्यो पनि पूर्वमा होइन, पश्चिममा पनि होइन । पश्चिमका केटाकेटीहरुले विवाह गर्ने छाडिसकेका थिए । त्यह िरातो बत्ति सन् ८० को दशकमा आएर हरियो रङमा परिणत हुन थाल्यो । रक्षणशीलता राक्षसको अनुहार लिएर एक एक पाइला गर्दै युरोपतिर बढ्न थाल्इो । पूर्वमा त राक्षसहरुको सधै नै जयजयकार हुँदै आएको छ ।
आज यसै पूर्वमा भारतवर्षमा बसी बसी अदालतको निर्णय सुनिरहेकी छु – कुनै पनि नारीलार्र्ई उसको ईच्छाविरुद्ध कसैसँग बस्नका लागि जबर्जस्ती गनुहुँदैन । समय अचानक सय वर्ष अगाडि बढेको छ । तर वास्तवमा केह िपनि अगाडि बढेको छैन । बरु यो निर्णय वर्तमान समाजको चरित्रसँग अत्यन्त अमिल्दो लाग्दछ । देशको कुनै अदालतमा, यदि कुनै शुभ बुद्धि सम्पन्न न्यायाधिशले अचानक यस्तो कुनै चमत्कारी निर्णय दिए, जुन समाजको कुनै पनि चीजसँग मेल खाँदैन भने यसमा खुसी हुनुपर्ने कुरै के छ ? जुन मञ्जु अहिले आप्mनो प्रेमीसँग बस्न थालेकी छ, यो मञ्जु के वास्वतमै सुखसँग बसिरहेकी छ होली ? मान्छेहरुले के उसलार्र्ई अकथ्य भाषामा दिनरात गाली गर्दैनन् होला ? यदि कतै भेटिए पिटेर लाश बनाइदिन्छु, भन्ने जस्तो धम्की उसलार्र्ई दिइरहेको छैन ? चरित्रहीन केटी, भ्रष्ट केटी? वेश्या केटी उठ्दा बस्दा के यस्ता गालीहरु उसले सुनु पर्दैन होला ? हामी सबै राम्ररी अनुमान गर्न सक्छौ कि मञ्जु अत्यनत असुरक्षित स्थितीमा घेरिएकी खुम्चिएकी होली । यस्तो अवस्थामा ऊ आफनो प्रेमको जीवन सामान्य रुपमा पनि जिउन पाइरहेक िछैन होली । सुरेशको प्रेम पनि के लामो समयसम्म टिक्न स्कला ? क्रमशः









