
तसलीमा नसरीन
जब धर्मल्े अड्डा जमाउँछ, त्यहाँ पुरुषतन्त्रले पनि हस्तक्षेप गर्छ। जहाँ धर्म र पुरुषतन्त्रको जयजयकार हुनछ, त्यहाँ स्वास्नीमासिको परिचय दासी या यौन सामग्री अथवा सन्तान उत्पादन मेसिबाहेक अरु केह िहुँदैन । बंगाली स्वास्नीमानिस यसै परिचयका साथ बाँचिरहेका थिए, बाँचिरहेका छन् । धेरैजासे मान्छे परिवर्तका कुरा गर्छन् । सबे गाउा उपनगर बनिरहेका छन् । उपनगरसहर बनिरहेका छन् र सहर महानगरमा बद्लिरहेका छन् । सहरमा ठूला ठूला भवन । स्कुल कलेज, विश्विद्यालय । हालसालै सम्म पनि जहाँ बंगाली स्वास्नीमानिसहरु पढ्न लेख्न निषेध थियो, तिनै आजभोलि स्कुल कलेज पास गरिरहेका छन्, विश्वविद्यलार्ईको ढोका पार गरिरहेका छ्न, जागीर खाइरहेका छन्, आर्थिक आर्जन गरिरहेका छन् । सहर नगरको शिक्षित इलाकाहरुमा बसिरहेकाहरुका लागि त यो परिवर्तन आकाशजतिकै फराकिलो छ । तर यस्ता स्वास्नीमानिस गन्तीमा कति छन्, जसलार्र्ई यो सुविधा प्राप्त भएको छ ? ८० प्रतिशत स्वास्नीमानिसलार्र्ई अहिले पनि थाहा छैन लेख्नु पढ्नु भनेको के हो ? गरिबीको रेखामुनि बाँच्ने मानिसमा अधिकाँश स्वास्नीमानिस नै छन् । स्वास्नीमानिसले दुःख पीडा भोगिरहेका छन् । धर्म र पुरुषतन्त्रले मात्र उनीहरुमाथि कोर्रा लाउँदैन, गरिबीले पनि उनीहरुमाथि ने अन्याय गरिरहेको छ । तर जुन स्वास्नीमानिस मध्यम वर्ग अथवा उच्च वर्गका छन्, ती पनि के सुखी छन् ? वास्तवमा स्वास्नीमानिसको कुनै श्रेणी हुँदैन, कुनै जाति हुँदैन । उनीहरु कुनै पनि श्रेणीका हुन् चाहे जुनसुकै वर्णका होऊन्, उनीहरु हिसापीडित छन्, हो, हिंसाको किसिम बेग्लै हुन्छ, तरिका भने एउटै हुन्छ ।
जुन स्वास्नीमानिस लेख्न पढ्न जान्दछन्, शिक्षित छन् तिनीहरु पनि के आप्mना अधिकारका साथ बाँचिरहेका छन् ? तिनीहरु के साँच्चै नै स्वतन्त्र छन् ? छैनन् । साँचो त यो हो कि स्वास्नीमानिस चाहे शिक्षित होउन अथवा अशिक्षित, उनीहरु शोषित नै हुन्छन् । शोषित यसकारण कि उनीहरु स्वास्नीमानिस हुन् । शोषित छन् किनकी धर्म, पुरुषतन्त्रका नियम कानुन जति गल्तीविना नै सिक्न सक्छन्, अशिक्षित स्वास्नीमानिसले त्यति कुशलताका साथ सिक्न सक्दैनन ।









