
तसलीमा नसरीन
यतिको चलाखी त म पनि बुझ्छु । राजीया बेगम पनि तपाईकै विरामी हो । कि कसो ? त्यसैको ओछ्यानबाट नाङ्गै उठाएर मैले नै तपाईलाई घर ल्याएको होइन ? मलाई सोझो देखेर होला यसरी मनमानी गरेको ? यति भनेर आमाले गहिरो सास लिनुभयो ।
आमाको छेउमा पल्टिँदै बाबाले भन्नुभयो, आप्mनो मनमानी गर्न पाए के खोज्नु । तर गर्न सकिए पो ।
बिहानै सान्दाइको गितारबाट निस्केको फिल्मी धुनले बाबा जुरुक्कै ओछ्यानबाट उठ्नु भयो । सान्दाइको गितारको धुनसँगै बाबाले पनि गीत गाउन थाल्नुभयो ।
बाबालार्य त्यति सबेरै उठेको देखेर हातमा रोटी र अन्डा पोच लिएर भित्र छिरेको आमा तीन छक्क पर्नुभयो । आमालाई झन् चकित पार्दै बाबाले भन्नुभयो, यो कमालको कति राम्रो गीतको धुन बजाएको । त्यही गितमा त मेरो मनको कुुरा ठ्याक्कै खुलेको छ ।
त्यो दिन बिहान अस्पताल जानुअघि बाबाले सान्दाइलाई बोलाएर भन्नुभयो, तँ कोसँग गीतार सिक्दैछन् ? महिना मर्न लाग्यो होला । मास्टरलार्य पैसा पनि दिने बेला भो होला । कति चाहिन्छ ?
यति भनेर उहाँले पर्सबाट पैसा निकालेर सान्दाइको हातमा राखिदिनु भयो । सान्दाइको मुहार खुसीले धपक्कै बल्यो । बाबाले भन्नुभयो, तर मन लगाएर पढिनस् भने गानाबजानाले मात्रै केही हुँदैन । संगीतले मात्रै पेट भरिदैन । बिहान दिमाग ताजा रहन्छ । बिहान पढ्ने मात्रै । एउटा रुटिन बना । खानाको बेलामा खाना, पढाइको बेलामा पढाई । संगीतको बेलामा संगीत ।
कहाँको दुरदराजको गोठालो केटो सहरको डाक्टर । जीवनमा यत्तिको सफलता पाउादा पनि बाबालाई सान्दाइले गाएको निराश गीत मन पर्यो । आमाले यसको कारण बुझ्नुभएको थिएन । आमालाई बाबाको जीवनको हिसाबकिताब साह्रै नमिलेको जस्तो लाग्थ्यो । कहिले बाबा कठोर त कहिले नरम नौनीजस्तो ।
क्रमशः









