
– अर्जुननरसिंह के.सी. –
कतिपयले यसलाई थरका रुपमा पनि प्रचलनमा ल्याए । पश्चिम नेपालमा सुनारलाई पनि मिजार भन्ने गरिन्छ । यो समुदाय उल्लेखित थरका रुपमा मुलुकभरि फैलिएको छ ः आफलधोती, आचार्य, आग्री, बाँस्कोटा, बराइली/बराल, भट्ट, भट्टराई, भुल, भुसाल, बिपाली, बुन्छेभाले, चाम्लिङ राई, चन्दारा, चन्दारो, छिस्ताल, चिलिमे, चुनारा, बिपाली, दलामी, दर्नाल, दयाल, दियाली, देउपाते, देवल, धमाल, धानिक, दुध्राज, दुराल, गदाली, गदाल, घताने गहतराज, गजमेर, गजुरेल, धमाल, घामघोट्ले, घतानी, घिमिरे सोभ, घोताने, गिरि, गोतामे, गोवा, हिमच्युरी, जन्डकामी, कन्डरा, कैनी, कालीकोटे, कालिराज साहु, कल्लोहर, कसरा, खाडकाठोकी, खपाङ्गी, खाती, कोइराला, कोली, कुमकी, लबद, लकान्द्री, लामगादे, लामाकर्मी, लामिछाने, लाटोपी, लोहार, ल्वागुन, महिलपार, महर, मिझार, नगरकोटी, नेपाल निरौला, पाध्यावति, पाग्री, पहरी, पल्लाय, पन्थी, पराजुली, पार्की, पोखरेल, पोर्तेल, पुलामी, रहपाल, राजकाल, राजिलोहार, रामदामु, रसाइली, रिजाल, रिसाल, रुचाल, सदासंकर/सत्तसंकर, सापकोटा, सेतीमहरा, सेतीपार, सेतीसुराल, साहसंकर, शेरला, सिजापति, सिगौरे, सिर्पाली (सिर्पाली), सुनाम, सुन्चिउरी, सुन्धुवा, सुनी, टमाटा, ठगुन्ना, ठटेरा, तिरुवा, तिवारी, वोड, वोखेडा ।
परियार, दर्जी, नेपाली आदि थर बोधक शब्द दमाई जातिमा प्रचलित छ । तर पूर्वी नेपालमा दमाई शब्द र पश्चिम नेपालमा ढोली शब्दलाई अपमानजनक मानिन्छ । यो समुदाय पनि देशभरि नै यी थरमा बसोबास गरेको छ ः आउजी, साइसाइ, बागचन, बागदास, बाहक, बर्देवा, भण्डारी, भित्रीकोटी, भुसाल, बूढाप्रिथी, बढापोथी, चाहार, छिनाल, चुहान, दमाइपरेल, दमापरियार, दर्नाल, दास, डाउँडे, देउदास, देवल, ध्याकी, गौतम गोतामे, घले, घतानी, गुँइडे, हिङमाङ, हुड्के, जैरु, कालाखाती, कार्कीढोली, कटुवाल, खतिवडा, कोइराला, लामाघाटे, लुइटेल, मगर, मैनाली, महरा, महटे, माले, नगर्ची, नागवाग, नागवान, नौबाग, नेगी, नेपाल, पञ्चकोटी, परियार (अछामे, चुडाल), पोखरेल, राईगाई, रैका, राना, रानपहेली, रानपाल, रत्न रत्ने, रत्नपरियार, र्याइझ्याई, समुद्रसाइ, सासमुन्द्रा, शहस्सामुद्रा, शिहाल, शिनाल, शिवा, सूजी, सुदास, सुनाल, सुनाम, सुन्च्युरी, ठगुन्ना, थापा, ठटाल र तिखत्री/तिवारी । पश्चिम नेपालमा सार्कीका दुई तह पाइन्छ – जात सहित र जात रहित । सार्की जाति पनि देशभ िनै यी थरका साथ फैलिएर बसेको छ- अछामी, बमरेल, बाहुन, बस्ताकोटी, बसेल, बयलकोटी, भङ्ग्याल, भैयाल भुल, भुर्तेल, चमार छमार्की, छत्कुली, चुडाल, चुहान, दाबे, डाले, गैरे पिपन, घिमिरे, गिरि, गोठे, हिताङ, कमर खतिवडा, कोइराला, लम्जेल, लम्साल, मज्बोटी, माल्बोक, माल्बुले, मगराती, मुडेल, नघाली, पहेँली, पुर्कोटी, रम्तेल, रोक्का, रोइला, रुचाल, सारमौटे, सेजुवाल, शाही, सिरिमाल, सिरौटे, सुर्खेती, सुयेनी, ठगुन्ना, थाक थाकुस्र्या, ठाडाराई, टोगी, उपरकोटी र उप्रेती । त्यसै गरी पहाडी दलितमा अर्को महत्वपूणर् जात हो गान्धर्व वा गाइने । पश्चिम र मध्य पश्चिमका जिल्लाहरु, कास्की, गोर्खा, तनहुँ, स्याङ्जा, पाल्पा, रुपन्देही, गुल्मी, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, प्युठान, दाङ, सल्यान, जुम्ला र पूर्वमा भोजपुरमा गान्धर्भ जातिको मुख्य बसोबास रहेको छ । क्रमशः









