
तसलीमा नसरीन
अनुहारमा मेकअप पनि नगर्नु । मेरो बाबालाई यो सबै मन पर्दैन । मेट्रिकमा फस्ट डिभिजन आएको छ भन्नु । तर छाडिदेऊ फेरि झुठ समातिएला, बरु आईएमा पढ्छु भन्नु, फस्र्ट डिभिजन आउने गरी पढ्दैछु भन्नु । बिहेपछि पनि पढाइ जारी राख्नु भन्नु । बाबाले जीवनको उद्देश्य सोध्नु भयो भने कलेजको लेक्चरर बन्ने उद्देश्य छ भन्नु ।
शीला हुन्छ भन्दे मुस्कुराई ।
शीला हुन्छ भन्दै मुस्कुराई ।
शीला घरमा आई । शीला बाबाको अगाडि अन्तर्वाता दिन बसी । ठूल्दाई अर्को कोठामा व्यग्रतापूवर्क बस्नु भयो । आमाले सेवइको खीर बनाएर टे्रमा चिया, विस्कुट, मिठाई र खीर सजाएर सोफाअगाडिको टेबलमा राखिदिनु भयो । दुवै जना खाँदै गफ गर्न थाले ।
शीला जाने बेलामा आmैले रिक्सा बोलाएर बाबाले पठाउनु भयो ।
नयाँ सारीमा सजिएकी आमा दुलही भित्र्याउने उमंगमा मच्चिँदै बाबाको अगाडि पुग्नु भयो र भन्नुभयो, कति राम्री रैछे । मधुवालाजस्ती ।
बाबाले भन्नुभयो, ठीक भनिस् ।
आमाले भन्नुभयो, साह्रै असफल ।
बाबाले फेरि भन्नुभयो, हो, सोह्रै आना ।
आमाले भन्नुभयो, अब छोराको पनि बिहेको उमेर भइसक्यो, छिट्टै बिहे गरिदिनु पर्छ ।
सर्ट, पाइन्छ, कोट, चश्मामा ठाँटिएका र घुम्रिएको कपाल चिटिक्क कोरेका बाबाले हठात् भनिदिनु भयो, यो केटीसँग म आफनो छोराको बिहे गरिदिन्नँ ।
बबाको जंगी निणर्य बदलिने कुरै थिएन ।
दुई मनिापछि शीलाभन्दा तेइस वर्ष जेठो, पाँच फुट दुई इन्च मात्रै अग्लो एउटा जुंगामुठेसँग उसको बिहे भयो ।
म एकदम पवित्र दिनमा जन्मेकी थिएँ । अरबी पात्रोअनुसार रबी उल अब्बल, सोमबारको दिन, मेरो अनुहार देखेर फजली सानिमाले भनेकी थिइन्, आहा कति उज्याली केटी हो । नहोस् पनि कसरी, यति पवित्र दिनमा जन्मिरछे । क्रमशः









