
तसलीमा नसरीन
घरको पछाडिपट्टिको भूभाग झाडीले घेरिएको थियो । त्यसको रुखका हाँगा, बिङगा, सुकेको र हरियो पातले पूरै ढोकेको थियो । सर्पको डरले म त्यतातिर जान्न थिएँ । मेरा सान्दाइले पनि एकपटक त्यो झाडीमा सर्प देखेका थिए । सराफ मामाको पछिपछि लाग्दै झाडीमा पुग्ने बेलामा मैले भनेँ, सराफ मामा, यहाँ झाडीमा त सर्प हुन्छ होला ।
घत् डरछेरुवी । तत् त खासमा डरछेरुवा बिरालो नै होस् । आज म तपार्य तैले कहिले नदेखेको चीज देखाउँछु । सराफ मामाले झाडीमा एकदम निश्चिन्तताका साथ खुट्टा राखे, मानौ सर्प सबै अहिले दुलामा मस्तसँग सुतेका छन् ।
कस्तो चिज पहिले भन्नुस् न । अलि हिचकिचाउँदै मैले सोधेँ ।
पहिल्यै भन्यो भने त त्यसको मजा नै हराइहाल्छ नि, सराफ मामाले भने ।
घरको पछाडिपट्टिको ढोकाभित्र हात घुसाएर उनले ढोका खोले । उनको पछिपछि दौड्दै एकै सासमा म पनि ढोकामा पुगेँ । त्यो गज्जबको चीन हेर्न म डरलाई दबाउँदै झाडिमाथि दौडिएँ । सराफ मामाको त्यो गोप्य रहस्यमयी वस्तु हेर्न मेरो मनमा कौतुहलता चुलिएको थियो । कोठाभित्र छिर्नेबित्तिके मुसाको गन्धले मेरो नाक एकै मुजा पर्यो । कोठाको एकातिर दाउराको खापा थियो । मुसा दौडिएको आवाज पनि कानमा आयो ।
सानो खाट थियो । मलाई डर लाग्यो । तर, फेरि तँ बिरालो होस्, डरछेरुवी होस् भन्लान् भन्ने डरले मैले डर देखाइनँ । सराफ मामा निकै सहासिला पनि थिए । पूरै सहरमा उनी एक्लै सयर गर्थे । नदीको किनारतिर पनि जान्थे । उनको त्यो साहसप्रति मुग्ध हुँदै र भित्रको डरलाई दबाउँदै मैले मामालाई सोधेँ, मामा के साँच्चिकै त्यो नदी पारी फटिङ रिङ बस्छ त ?
खाटको तख्तामा खुट्टा झुन्ड्याउँदै उहाँले भन्नुभयो, अहँ ।
मलाई पनि एकदिन नदीमा लिएर जानुस् न । मैले उनलाई आग्रह गरेँ ।
मेरो पेटमा औलाले थिच्दै फेरि उनले भने, तँ डराउँदिनस् नि ? क्रमशः









