
– अर्जुननरसिंह के.सी. –
नेपाल र अमेरिकाका बिच जन स्तरमा सम्बन्ध बनाउनमा हामी धेरै काम गर्न सक्छौ ।
मलाई थाहा छ, अमेरिकामा बसोबास गरेका नेपालीहरुका निम्ति सानो मामिलामा पनि धेरै टाढाबाट नेपाली दूतावास पुग्नुपर्ने बाध्यताबाट मुक्ति दिन अमेरिकाका एक दुई स्थानमा नेपाल सरकारबाट सेवा केन्द्रको स्थापना भयो भने नेपालीहरुको लागि त्यसबाट धेरै सजिलो हुनेछ । म अमेरिका गएको बेला तपाई साथीहरुले केही वर्ष अगाडि नै भन्नु भएको मैले बिर्सेको छैन । विडम्बना के भयो भने हाम्रो परराष्ट्र मन्त्रालयको नेतृत्व नेपाली काँग्रेसको हातभन्दा बाहिरै रहेको छ ।
नेपालको वर्तमान स्थिति ः चार महिना अघि दोस्रो पटक भएको संविधान सभाको निर्वाचनले नेपाली काँग्रेसलाई पुनः अग्रणी पार्टी बनाएको छ । तर, माओवादीले सिर्जना गरेको द्वन्द कालीन तिक्तता अझै पखालिएको छैन । अस्थिरताका कारण तत्व संविधान सभाभित्र राम्रै उपस्थितिका साथ देखा परेका छन् । जनताले संविधान सभामा भएका विगतका गल्तीलाई एक पटक क्षमा दिएका हुन् तर गल्ती बिर्सेका छ्रनन् । सत्ताको जिम्मेवारी सम्हालेका साथीहरुबाट विगतले दिएको यो कटुसत्यलाई पाठको रुपमा नअपनाउने हो भने हाम्रा असफलता बारम्बार दोहोरि रहने छन् ।
मुलुकले चाहिरहेको छ कि झन्डै दुई दशकदेखि अवरुद्ध स्थानीय विकासको गति र स्थानीय निकायमा जन प्रतिनिधित्वको शुन्यतालाई हटाउँदै स्थानीय निकायको निर्वाचन यथाशीघ्र गराउनु पर्छ । तर, एमाओवादी र उसको विभाजित पक्ष स्थानीय निर्वाचन गर्न नदिनका लागि भित्री साँठगाँठ बढाइरहेका छन् । यस्ता धेरै प्रतिकुलता, व्यवधान र चुनौतीलाई चिरेर मुलुकमा लोकतन्त्र र विकासको गतिलाई सुचारु गराउने जिम्मेवारकिो अगुवाइका लागि जनताले नेपाली काँग्रेसलाई नै रोजेका छन् । जनताको यो भरोसालाई हामीले निरासामा जान दिनु हुँदैन । त्यसका लागि अमेरिकामा बसोबास गर्ने तपाई साथीहरु लगायत सबै दिदीबहिनी दाजुभाइहरुबाट राष्ट्रले उचित अपेक्षा गरेको छ ।
नेपाली जन सम्पर्क समितिबारे ः शक्ति एकीकरण र शक्ति सञ्चय नै वर्तमानका सबै बाधा अड्चन तथा चुनौतीलाई परास्त गर्ने एक मात्र उपाय हो । यस सिलसिलामा लोकतन्त्र र नेपाली काँग्रेसका समर्थक साथीहरुबाट आप्mनो उचाइ, हैसियत, सीमा र जिम्मेवारीलाई बुझेर आपसी एकताका सथा मातृभूमिको सर्वोत्तम हितका लागि आप्mनो बुद्धि र शक्ति आपसी एकताका साथ मातृभूमिको सर्वोत्तम हितका लागि आप्mनो बुद्धि र शक्ति लगाइ दिनु भयो भने त्यो खेर जानै पाउँदैन । फुटको अवस्थामा दयनीय र सामथ्र्यहीन हुनु बाहेक हामीसँग अन्य ठाउँ बाँकी रहँदैन भन्ने सचेतना र तयसको तकाजालाई बुझिदिनु भयो भने नेपालमा बसेका हाम्रा लागि त्यो भन्दा सुखद र स्वागतयोग्य सन्दर्भ अरु हुनै सक्दैन । सबै साथीहरु र दिदीबैनी दाजुभाइमा जय नेपालको हार्दिक अभिवादन पुगोस् । समाप्त









