
तसलीमा नसरीन
कविरा ए गुनाहा पनि माफ हुन्छ ? मैले सोधेँ । हजुरबाले यो पटक मेरो प्रश्नको जवाफ दिनुभएन ।
हजुरबालाई घेरेर बसेको भीडबाट पाखुरामा समाउँदै आमाले मलाई बाहिर निकाल्नुभयो र भन्नुभयो, फुलबहारीको बाल्टिनमा पानी ठिक पारिदिएकी छे । जा गएर नुहा ।
बाल्टिनबाट जगले चिसो पानी उभाउँदै म जीउमा खन्याउन थालेँ । घरको लोग्नेमान्छे र उनका जवान छोरीहरु ट्युबेलमा नै नुहाउँथे । हजुरआमा र उनका जवान छोरीहरु वाथरुममा नुहाउँथे । बाथरुम र पिसाब फेर्ने ठाउँ एकै ठाउँ थियो । बाथरुम नाम मात्रैको थियो, माथिबाट खुला र साढे तीनतिरबाट पर्खाल लगाइएको, भित्र बीचबाट पर्दा लगाइएको थियो । एकापट्टि पिसाब फेर्ने र अर्कोतिर नुहाउने । हामे घरमा ट्युबेल नभएकोले हामी हजुरआमाको आँगनमै नुहाउँथ्यौ । हजुरआमाको घरमा पनि ट्युबेल जडान गरिएको धेरै भएको थिएन । पहिले पहिले नुहाउने, धुवाउनेदेखि खाने पानीसमेत इनारबाट तानिन्थ्यो । पछि सरकारले सडक छेउमा ट्युबेल जडान गरिदिएपछि घरका नोकर्नीहरु घैला भरीभरी खानेपानी लिएर आउँथे । आमा सानै हुँदा त झन् तलाउको पानी प्रयोग हुन्थ्यो अरे । त्यतिबेला तलाउमा नुहाई, धुवाई गर्न मनाही थियो । आमा र मेरो जमानामा कति भिन्नता आइसक्यो । म सोच्न थालेँ । नुहाँउदानुहाँउदै मेरो शरीरको सुगन्धित साबुनभन्दा चर्को सुगन्ध आँगनमुनि पाकेको कटहरको बोटबाट आयो । तर, मलाई हटहरको गनध् त्यति मनपर्दैन थियो । कटहर खाने बेलामा आमा मलाई एक हातले नाक बन्द गर र अर्का हातले कटहर खा भन्नुहुन्थ्यो । सुनेर मलाई हाँसो उठ्थ्यो ।
आमाले त्यसो भन्दा मलाई ट्वाइलेट बसेको सम्झना आउँथ्यो । ट्वाइलेट बस्दा तलको दुर्गन्ध नआओस् भनेर म एक हातले नाक बन्द गर्थे ।
जीउमा साबुन लगाउँदै मैले छेउमा जिब्रो बाहिर निकालेर बसेको कुकुरलाई सोधेँ – आई कुकुर, कटहर र गुको रंग एउटै हुन्छ कि हुँदैन ? क्रमशः









