
– मदन रेग्मी –
त्यसमा कुनै व्यक्तिगत स्वार्थ थिएन । अर्को सूर्यबाबुमा के फरक थिो भने बाहिर गएर जेल बसेर भारत वा अन्यक ुनै मुलुकको आडमा हतियार उठाउनुभन्दा नेपालमै बसेर संघर्ष गर्नुपर्दछ भन्ने थियो । उहाँ २००७ सालपछि कहिलयै विदेश जाने प्रयास गर्नुभएन । देशमै बसेर आजीवन प्रजातन्त्रको पक्षमा लड्नुभयो । उहाँले पार्टी र प्रजातन्त्रको हितलाई छोडेर राजासँग सरेण्डर गरेको भए उहाँले के गर्नु सक्नुहुन्थ्यो ? सूर्यबहादुर, तुलसी गिरि भन्दा उहाँ के कुरामा कम हुनुहुन्थ्यो? त्यसकारण उहाँलाई पछि आएर जुन प्रकारको शंका उपशंकाको घेरामा राखियो, यो सोह्रै आना गलत हो । साँच्चै भन्े हो भने सूर्यबाबुले राजा र बीपीलाई मिलाउने प्रयासमा नै आप्mनो समय खर्चनुभयो । जेलमा पुस्तक पत्रपत्रिका पठाउने र उनीहरुका परिवारको हेरविचार गर्ने काँग्रेसका छोराछोरी, विद्यार्थी पढाउने काम गरिरहनुभयो ।
गिरिजाबाबुको पालामा आएर पनि पार्टीमा नेताहरुको यथार्थ मूल्यांकन हुन सकेन । हाम्रो बुबालाई सम्म केह िसम्मान गरेका थिए । गिरिजाबाबुले पार्टीको हिसाबमा नेता मानेर पार्टी कार्यालयमा फोटो राख्न लगाए । देहावसानको बेला पनि राष्ट्रिय सम्मान पनि दिए, गिरिजाबाबुले पार्टीको हिसाबले राम्रै गरेका छन् । तर सूर्यबाबुलाई पार्टीले ठूलो अन्याय गरेको छ । गिरिजाबाबुले पनि अहिले आएर उपेक्षा नै गरेको देखिन्छ । यसको कारण मैले बुझ्न सकेको छैन । बीपीले पनि राजासँग मिल्ने प्रयासमा मेलमिलापको कुरो लिएर स्वदेश फर्कनुभएको थियो । त्यसमा राजाले केही बेइमान गरे । त्यसो त जुन राजासँग मिलेर जाने भन्ने सूर्यबाबुको प्रयास थियो, त्यसमा पनि राजाले नै बेइमानी गरे र सूर्यबाबुको लाइन सफल हुन सकेन । यसरी हेर्दा सूर्यबाबु सबैबाट शोषित देखिनुहुन्छ । चाहिने बेलामा बीपीले पनि उहाँलाई आप्mनो हितमा प्रयोग गर्नुभयो । बेलाबखतमा राजाले पनि प्रयोग गरे । सूर्यबाबुले जहिले जसलाई पनि आप्mनो ठाउँबाट सक्दो सहयोग गर्नुभयो । सूर्यबाबुको पछि लाग्ने कति प्रधानमन्त्री भए त्यो सबै भनिरहनु आवश्यक पनि छैन ।
मेरो बुबा डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, सूर्यबाबुहरु विद्धता वा वरिष्ठतामा बीपीभन्दा कम हुनुहुन्थ्यो । तर, नेताका रुपमा बीपी नै अगाडि रहनुभयो । तिनताका टंकप्रसादजी निकै उच्च स्थानमा हुनुहुन्थ्यो । उहाँ बाहुन भएरमात्र बाँच्न पाउनु भएको थियो । उहाँको पनि प्रजातान्त्रिक पक्षले कदर गर्न सकेको छै न। इतिहास भनेको सत्तँधारीको मात्र हुँदो रहेछ । जो शक्तिमा आयो त्यही इतिहासको हिरो हुँदोरहेछ । यसले गर्दा सूर्यबाबुको उपेक्षा भएको हो । वास्तवमा सूर्यबाबुले काँग्रृेसलाई जति दिनुभयो, त्यति ती सत्ताधारीहरुले दिन सकेका छैनन् । उतिबेला काँग्रृसमा सूर्यबाबु र बीपी एक अर्काका परिपूरकजस्ता थिए । हुन त सुवणर्जी पनि कम हुनुहुन्नथ्यो । सुवणर्जी अझ भद्र मानिनुहुन्थ्यो । उहाँविना पार्टीको आर्थिक गतिविधि ठप्प हुन्थ्यो । सबै आवश्यक अर्थव्यवस्था सुवणर्जीकै भरोसमा थियो । गणशमानजी पछि आएर जति चर्चाको शिखरमा आउनुभयो, त्यसबखत अलि कम हुनु स्वभावकै थियो । यहाँ गणेशमानजीको महत्वलाई घटाउन खोजेको अवश्य होइन । पार्टीलाई डग्मगाउन नदिइकन कायम राख्न गणेशमानजीको जति भुमिका छ अरुको छैन । क्रमशः









