• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ५६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नयाँ सरकार गठन गर्ने कुरा

  • १६ असार २०८१, शनिबार १९:२९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – मणिराज उपाध्याय –
    यो राष्ट्र मेरो हो, मैले यसको रक्षा गर्नुपर्दछ भन्ने विचार प्रखर थियो । २००७ सालको क्रान्तिपछि सूर्यबाबु कहिल्यै भारत बस्नुभएन । पञ्चायतका कठिन दिनहरुमा प्रजातन्त्रका पक्षमा बहस गर्नुभयो । पञ्चायतका कठिन दिनहरुमा प्रजातन्त्रका पक्षमा बहस गर्नुभयो । उहाँलाई काँग्रेसमा सधै अप्ठेरोमा राखियो, कहिल्यै उठन् दिइएन । काँग्रेसमा सूर्यबाबु हर क्षेत्रमा चाहिनुहुन्थ्यो । हरेक गाह्रोसाग्रो पर्दा उहाँ चाहिनुहुन्थ्यो । उहाँलाई कसरी उपयोग गर्ने र पाखा पार्ने भनेर कोइरालाहरु लागिरहन्थे । यो हामीले सधै बुझेकै विषय हो ।
    हामी शनिबार बिहान सधै सूर्यबाबुको बैठकमा जाने गर्दथ्यौ । त्यहाँ बिहान ७ बजेबाट ९ बजेसम्म भेटघाट भइरहन्थ्यो, एउटा सभानै हुन्थ्यो । पत्रकारहरुका लागि त त्यो समाचारको स्रोत नै हुन्थ्यो, त्यो जमघटबाट एउटा राजनीतिक विचार निस्कन्थ्यो । उहाँको मिलनसारिता र सहयोगी स्वभावले सबैलाई उहाँको नजिक तान्दथ्यो ।
    बीपी र उहाँमा तात्विक भिन्नता थिए । काँग्रेसभित्र बीपी पपुलर नेता हुनुहुन्थ्यो । बीपी राम्रो लगाउने मिठो खाने सुखसयलमा बस्ने भिन्न स्वभावको नेता हुनुहुन्थ्यो । काँग्रेसमा जति पनि वैचारिक काम पर्दथ्यो त्यो सबै सूर्यबाबु नै हेर्नुहुन्थ्यो । उहाँ बिहानबाट बेलुकीसम्म बौद्धिक चिन्तन गरेर बस्नुहुन्थ्यो । सूर्यबाबु र सुवणर्जीको सुमधुर सम्बन्ध थियो । राजनीतिक एवं सैद्धान्तिक विचारमा सुवणर्जी सुर्यबाबुसँग सहमत हुनुहुन्थ्यो । सुवणर्जीले आप्mनो पूरा जीवन, शक्ति, सम्पत्ति र योग्यता नेपाली काँग्रेसका लागि समर्पित गर्नुभयो । जब जब उहाँ पार्टी सभापति बन्नुहुन्थ्यो, पार्टीभित्रैबाट उहाँलाई काम गर्न अप्ठेरो पारिन्थ्यो । त्यो उहाँ राम्रोसँग बुझनुहुन्थ्यो र आफैभित्र राखेर सहनुहुन्थ्यो ।
    २०१२ सालताका वीरगन्जमा नेपाली काँग्रेसको सम्मेलन थियो सूर्यबाबुले मलाई बोलाउनुभयो र मणिजी तपाई हिड्नोस मैले जहाजको टिकट मिलाएको छु भन्नुभयो । हामी गयौ, सम्मेलनको भव्य तैयारी थियो । उहाँले मलाई होटलको राम्रो कोठा पनि मिलाइदिनुभएको थियो । त्यतिबेला सूर्यबाबुसँग मेरा धेरै कुरा भएको छ । नयाँ सरकार गठन गर्ने कुरा चलिरहेको थियो । राजाले भेटघाट सुरु गरेका थिए, यो समाचार मेरो पत्रिकामा पनि प्रकाशित भयो । त्यहाँ विभिन्न राजनीतिक व्यक्तित्वहरुका विचार सार्वजनिक भएका थिए । बीपीको भनाइ, टंकप्रसादको भनाई आदि आदि । सबैले घुमाई फिराई आफूलाई प्रधानमन्त्ती बनाउन राजालाई आग्रह गरेका थिए । त्यसमा टंकप्रसादको भनाइमा थियो, सरकारले उपयुक्त मानिसलाई प्रधानमन्त्री बनाउँदा हुन्छ तर आपूmले शासन चलाउन भने कुनै पनि हालतमा हुँदैन – मेरो पत्रिकामा त्यो समाचार प्रकाशित भयो । सूर्यबाबुले सुरुमा पत्याउनै सक्नुभएन । मेरो उहाँसँग लामो छलफल भयो । मैले सूर्यबाबुसँग भने टंकप्रसादको अभिव्यक्ति सान्दर्भिक देखिन्छ बाजी त उहाँले नै मार्नुभयो नि ? सूर्यबाबुले त्यसको गहिरो अध्ययन गनुृभयो । त्यो बेलाको नेतृत्व उचच बौद्धिक थियो, हरेक विषयमा गहिरो चिन्तन, विश्लेषण र अध्ययन हुन्थ्यो, त्यसको सकारात्मक प्रभाव आमनागरिकमा पर्दथ्यो । सूर्यबाबु र टंकप्रसादमा त्यो झन् थियो । उहाँहरु अत्यन्त मिलनसार, निःस्वार्थ र सहयोगी हुनुहुन्थ्यो । उहाँहरुको साझा धारणा थियो प्रजातन्त्र भनेको हरप्रकारका अधिनायकवादबाट मुक्ति हो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड