
– डा. रमेशकुमार ढुङ्गेल –
तिनताका म भने न असली हिन्दी बोलने न कुटनीतिक तहको अंग्रेजी नै । त्यसैले मैले कम र तुल्सीदाइले धेरै कुरा गर्नुभयो । अन्त्यमा ठूल्दाइले राजदूत जैनलाई भन्नुभयो – यिन के हर तरह पि.एच.डी. के लिए भेजना है, क्यौ कि ये एक ट्यालेन्टेड योङ्ग स्कोलर है, और इस कामके लिए आपको सल्लाह और सुझावको जरुरत है । जैनले एउटा निवेदन लेखेर ठूल्दाइकोमा नै छाडिदिनु भन्ने सुझाव दिए । हामीले २/४ दिन लगाएर एउटा परिस्कृत निवेदन तयार गरी ठूल्दाइको मा पुर्याइदियौ । यस काममा निवेदन स्तरीय होस् भन्ने हेतुले तुल्सीदाइका एक आत्मीय मित्र भीमदर्सन रोका दाइको सहयोग पनि हामीले लियौ । त्यस घटनाको २ महिनाजति पछि दूतावासबाट मलाई खुसखबरीको पत्र प्राप्त भयो, भारत सरकारले जे.एन.यू. वनारसमा पि.एच.डी का निम्ति मलाई सांस्कृतिक छात्रबृत्ति दियो । मेरा लागि यो अत्यन्तै खुशीको खबर थियो ।
यस अघि नै मैले २०३८ को संस्कृति विषयको एम.ए. मा प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरिसकेको थिएँ । यसैगरी पि.एच.डीका निम्ति जे.एन.यू. जस्ता प्रतिष्ठित युनिभर्सिटीमा जान पाउने व्यवस्था पनि भयो । तर मेरो व्यवहारिक कठिनाई चाहिँ अर्कै किसिमको जलिट थियो । विवाह भएर एउटा बच्चा (छोरो नृपेश हाल अमेरिकामा पि.एच.डी पूरा गर्ने तरखरमा छ) पनि भैसकेको अवस्थामा घर व्इवहार मेरा निम्ति निकै ठूलो चुनौतकिो कुरा बन्यो । तिनताका नेपाल बैंकको साधारण अफिसरको जागिरमा थिएँ म । पढ्न गएपछि श्रीमती र बच्चा तथा मेरो जिम्मेवारीका २ भाई बहिनीको खर्च धान्न मेरी श्रीमती वनको साधारण जागिरबाट मात्र सम्भव थिएन । यसै बेला नेपाल र एसियाली अनुसन्धान केन्द्रले क्ष्म्च्ऋरऋब्ल्ब्म्ब् को आर्थिक सहयोगमा सञ्चालन हुने मुस्ताङ बहुपक्षीय अनुसन्धान परियोजनामा काम गर्न उप प्राध्यापमक सरहको अनुसन्धानको करार सेवाका निम्ति विज्ञापन प्रकाशित गर्यो । उपप्राध्यापकको तलब माथि मुस्ताङको अति दुर्गमको भत्ता र ५० अनुसन्धान भत्ता समेत थप गर्दा राम्रै अङ्कमा मासिक रकम प्राप्त हुने र ऋल्ब्क् जस्तो निकै प्रसिद्धि पाएको संस्थामा नेपालका इनेगिनोको विद्धत मण्डलीसँग काम पनि गर्न पाउने लोभमा म व्ल्ग् नगएर त्यस जागिरतर्फ लहसिएँ । व्यक्तिगत व्यवहारका दृष्टिले मेरा निम्ति त्यो एक किसिमको बाध्यता पनि थियो । एउटा सानो बासको व्यवस्था गर्न मलाई त्यस परियोजनाको पैसाले धेरै मद्दत पुर्याएको थियो । सुरुमा इतिहासकार तथा लिपि विशेषज्ञ श्री धनवज्र बज्राचार्य अन्तर्गत रहने गरी मैले मुस्ताङको इतिहासतर्फको अनुसन्धानको कामको जिम्मा पाएँ । जे.एन.यू गएर पि.एच.डि गर्ने सोच चाहिँ यसै हरायो । मेरो यस निणर्यले ठूल्दाई एकपल्ट केही रिसाउनुभयो, त्यो विल्कुल स्वाभाविक पनि थियो । तर मैले सोचे कुनै अर्को नेपालीले त त्यो मौका अवश्य पायो नै होला । मैले चाहिँ यस घटनाको करिब ८ वर्षपछि अर्थात् २०४६ साल (सन् १९८९) मा आप्mनै क्षमताका आधारमा थप उच्च शिक्षाका निम्ति यु.एस.ए. तर्फ जाने मौका पाएँ र थप ३ विषयमा एम.ए. सहित पि.एच.डी. पूरा गरेर सन् १९९८ मा नेपाल फर्किएँ । यो प्रसङ्ग चाहिँ श्री सूर्यप्रसाद उपाध्यायको भारतसँगको कति नजिकको सम्बन्ध रहथ्यो र उनीहरु उहााले भनेका कति धैर्यताले सुन्दथे र मन पर्यो भने श्री उपाध्याय मानिसहरुलाई कतिसम्म सहयोग गर्नुहुन्थ्यो भन्ने बुझ्नका निम्ति उठाइएको हो । क्रमशः









