
– श्री रविन्द्रनाथ शर्मा –
त्यसपछि मेलमिलापको नीति लिएर बीपी फर्केपछि बीपी र सूर्यबाबुमा अलि मतमतान्तर देखिए । उति साह्रो घनिष्टता देखिएन । तर पनि कोइराला परिवारको अप्ठ्यारो परिस्थितिमा सधै साथ दिनुभयो उहाँ कहिल्यै पूर्वाग्रही हुनुभएन । कोइराला परिवारको आर्थिक, पारिवारिक, राजनीतिक हरेक समस्यामा सहयोग गर्नुहुन्थ्यो र नीतिगत रुपमा पनि नेपाली काँग्रेसको भलो नै गरिरहनुभयो । सूर्यबाबुमा धेरै गुण थिए । मानिसमा सकारात्मक नकारात्मक दुवै पक्ष हुन्छन् । त्यसमा सूर्यबाबुको एउटा अलि नराम्रो पक्ष के भने कहिलेकाँही झोक उठ्यो भने फलानो आएको थियो त्यसलाई यति पैसा दिएर पठाइदिएँ भन्नुहुन्थ्यो । त्यो कुराले लिनेलाई नराम्रो लाग्नु स्वाभाविक हुन्थ्यो । मद्दत चाहिँ सबैलाई गर्ने, चाहे पढ्न जानको लागि होस्, चाहे आर्थिक होस् चाहे उहाँको बुद्धिको प्रयोग गर्नको लागि होस् मद्दत गर्नुहुन्थ्यो । मलाई याद छ, हाम्रो शैलेन्द्रकुमार उपाध्याय, जो मन्त्री पनि हुनुहुन्थ्यो, रोटरीमा भाषण गर्नुहुन्थ्यो । त्यो भाषण सूर्यबाबुले सिकाइदिनुहुन्थ्यो । सूर्यबाबुको स्तर धेरै माथि थियो । नेपाली काँग्रेस सूर्यबाबुबाट निकै लाभान्वित थियो ।
त्यो बेला नेपाली काँग्रेस चार नेताबाट सञ्चालित थियो । त्यसमा बीपी को व्यक्तित्व र नेतृत्व, सुवणर्को भद्र नेतृत्व, गणेशमानजीको इतिहास र अडान एवं सूर्यबाबुको बौद्धिकता यी सबैको संयोजनबाट पार्टीले पूणर्ता पाएको थियो ।
उहाँले आप्mनो परिवारका लागि ठूलो योदान दिनुभएको छ । पढाउने, लेखाउने, जागिर लगाइदिने, विहावारी सबै जिम्मेवारी बहन गर्नुभयो । उहाँको विशाल लाइब्रेरी थियो, त्यो पनि खै के के गरे ? खासै सदुपयोग भएको देखिएन । अन्तिम दिनताका उहाँको अप्रशन हुँदा म गएको थिएँ । त्यहाँ इन्दिरा गान्धी पनि आएर उहाँको हेरचाह गरेकी थिइन् । गिरिजाबाबु पनि दिल्लीमै देखिनुभएको थियो । उहाँ पनि चिन्तित हुनुहुन्थ्यो । त्यो बेलामा प्रायः सबै नेता पुगेका थिए । बीपीका पुस्तकहरुमा जो सूर्यबाबु विरुद्ध लेखिएको छ त्यो त्यति साह्रो हुनु नपर्ने हो । शायद पछि थपिएको हो कि ?
त्यति बेलाको एउटा घटना छ । बंगलादेशमा इन्टरनेशनल कन्फ्रेन्स थियो । जयप्रकाश नारायणले मलाई पनि निम्तो गरेका थिए । बीपी कोइरालालाई निम्ता हुने नै भयो । हृषिकेश शाह, म कृष्णप्रसाद भण्डारी र बीपी कोइराला वहीँबाट जानुभएको थियो । त्यतिबेला हाम्रो चिनजान गराउने गिरिजाबाबु हुनुहुन्थ्यो । उहाँले हामीलाई सबैसाग भेटाउने, चिनजान गराउने गर्नुभयो । त्यहाँबाट फर्कने बेलामा तपाईहरु पनि वनारस जानुहुन्छ भनी सोधियो । म जान्छु भने । वनारस आएर त्रिमूर्ति निवास, प्रकाशको ससुरालीमा चारघण्टा लामो नेपालको राजनीतिको बारेमा कुरा भयो । त्यहाँ सूर्यबाबुका पनि क्रिटिकल कुरा थिए । मैले यो कुरा यहाँ बताउन सक्दिन । म आप्mनो जीवनीमा त्यो राख्ने विचरा गरेको छु त्यसमा लेख्छु । पछि बीपी र डा गिरीलाई अढाई घण्टा आप्mनो कोठामा राख्दा धेरै कुरा गर्नुभएको छ मसँग । त्यो अढाई घण्टामा १७ सालअघि र १७ सालका कुरा छर्लङ्ग हुन्छ । त्यसैबेला बीपीले यो कुरा म नमरीकन र डा. तुलसी गिरीको सहमतिविना नलेख्न र नभन्न मलाई प्रमिस गराउनुभएको छ । त्यसबाट मैले त्यसबेलाको यथार्थ इतिहास पाएको छु । यो सिलसिलामा मसँग ४ घण्टा कुरा भएको छ । क्रमशः









