
मित्रसेन दाहाल
नेपालको समग्र पत्रकारिता क्षेत्र अझ त्यसमा पनि साप्ताहिक पत्रिकाहरुलाई कसरी मर्यादित, भरपर्दो, विश्वसनीय, मूल्यमान्यता र सिद्धान्तमा आधारित भएर अघि बढ्न बाटो देखाउनेको टड्कारो खाँचो आज पनि छ । जसरी राजनीतिमा नेता धनी हुने पार्टी दुब्लाउने अर्थात् पत्रिका सञ्चालक धनी हुने र पत्रिका दुब्लाउने गरिब हुने गरेका छन् । आप्mनो पत्रिकालाई हतियार बनाएर मन्त्री, सांसद, जिएम आदि हुनेहरुले पत्रिकालाई हतियारका रुपमा उपयोग गरेका छन् । त्यस्ता पत्रिका सम्पादक तथा प्रकाशक पदमा पुगेपछि ती पत्रिकारु बजारमा देखिँदैनन्, आम पाठकले पढ्न त परै जावस् देख्न पनि पाउँदैनन् । पत्रकारितालाई संस्थागत बनाउनेभन्दा पनि आफू कसरी बलियो र धनी बन्ने भन्ने सोचका कारण यस क्षेत्रलाई ठूलो नोक्सान पुर्याएको छ । यस्तैखाले संकुचित मानसिकता र स्वार्थले गर्दा नेपाली साप्ताहिक पत्रिकाको महत्व घटेको हो ।
त्यसैले विगतको इतिहास हेरेर लोकप्रवाह साप्ताहिक अगाडि बढ्न सकोस् । नेपाली जनताको वास्तविक आवाज कुनै प्रकारको लोभलालचमा नफसी पेसागत रुपमा यो पत्रिकाले नेपाली जनतामाझ प्रवाह गर्न सक्यो भने यस पत्रिकाको नाम सार्थक हुनेछ । त्यसैगरी, नेपाली पत्रिकाको इतिहासमा यस पत्रिकाको नाम सुनौलो अक्षरले लेखिनेछ ।
सञ्चारमाध्यमप्रतिको सरकारी दृष्टिकोण
नेपालमा पत्रकारिताको इतिहास वि.सं. १९५५ सालमा सुधासागर नामक मासिक पत्रिकाको प्रकाशन सँगसँगै सुरु भएको मान्न सकिन्छ । सुधासागर मासिक पत्रिकालाई अहिलेसम्म नेपालबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका मानिएको छ । नेपालको पहिलो पत्रिकाका बारेमा प्रमाणित दस्तावेजहरु अप्राप्य भएकाले ठोकेर भन्न नसके पनि वि.सं. १९५३ सालमा प्रकाशित नलोपाख्यान नामक पुस्तकमा सुधासागरबारे गरिएको विज्ञापनबाट अहिलेसम्म सुधासागर नै नेपालको जेठो पत्रिका हो भनेर बुझ्ने गरिएको छ ।
क्रमशः









