
मित्रसेन दाहाल
प्रतिगमनको आन्दोलनमा गोपाल राईको उपस्थिति सधै रहयो । प्रहरीको लाठी, अश्रुग्यास त कति को कति । गोपाल राईले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ, जनआन्दोलन-२ मा । गोपाल दाइको भौतिक शरीर यहाँ यतिखेर नभए पनि उहाँले देखाएको साहस हाम्रो अगाडि सधैँ प्रेरणाको स्रोतको रुपमा रहिरहनेछ । आप्mनी श्रीमतीसँग मर्ने इच्छा मृत्यु खोजेका गोपाल राईले आफ्नी श्रीमतीलाई मात्र होइन, आफूजस्तै विभिन्न क्षेत्रका असल व्यक्ति तथा विशेषज्ञहरुलाई पनि सँगै लिएर जानुभयो । मलाई पनि सँगै लानका लागि धेरै प्रयास गर्नुभएको थियो । मेरो २०६३ असोज ७ गते आफनै चिन्तन र अनुभूति पुस्तकको लोकार्पण थियो । उक्त कार्यक्रम नभएको भए म पनि सँगै जाने थिएँ । कार्यक्रमले गर्दा छलिने मजस्ता अरु पनि धेरै साथीहरु छन् । जसलाई गोपाल दाइले सँगै लिएर जान चाहनुभएको थियो । दैवको लीला अपरम्पार हामी तयस यात्राबाट जागिन पुग्यौ । त्यसैले उहाँले सुरु गर्नुभएका राम्रा कामलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यसमा छोरा विकास, छोरीहरु दीक्षा, अञ्जली, रञ्जली र सर्वाञ्जलीले पनि त्यत्तिकै विचार पुर्याउनेछन् । त्यसैगरी, आप्mना सहोदर काका आदरणीय बलबहादुर राई, दाजु तथा भाइ प्रेमराज राई, भूपराज राई, बुद्धराज राई तथा लेखबहादुर राईको पनि ठूलो जिम्मेवारी छ, गोपाल दाईको अधुरो सपना पूरा गर्न । गोपाल दाइ अहिले पनि मेरो मानसपटलमा हाँसिरहनुभएको छ । ठाउँ हेरी माया गर्ने । अर्ती उपदेश दिने, सम्झाउने-बुझाउने र कुनै बेला विभिन्न रोचक प्रसंगलाई लिएर रमाइलो गर्ने उहाँको बानीले म धेरै नै प्रभावित छु ।
तसर्थ, उहाँका राम्रा विचारलाई आत्मासात गर्दै अगाडि बढ्नसके ओखलढुंगा जिल्लाको नेपाली काँग्रेसको संगठन मर्न सक्दैन । काँग्रेसका आदर्श सिद्धान्त र विचार नमरेसम्म गोपाल दाइको पनि विचार मर्नेछैन । हामी उहाँको सम्झनालाई जीवन्त राख्ने कोसिस गर्ने छौ । क्रमशः









