• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:36 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बम आक्रमणद्वारा उडाइदिने मिशन

  • २० पुष २०८१, शनिबार १८:४०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    बैरगनिया सम्मेलन र जनक्रान्ति
    रौतहटको सदरमुकाम गौर नजिक भारतीय रेलवे स्टेशन रहेको बैरगनियाभन्दा केही दक्षिणतिरको एउटा थोत्रा र उपयोगहिन भईसकेको राईसमिलको गोदामघरलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरसफाई र सजिसजवाट गरेर पार्टीको विशेष सम्मेलनको लागि कामचलाउ बनाए । सो सम्मेलनको सम्पूर्ण व्यवस्थापनको रेखदेख र समन्वय, सुवर्ण शम्शेर वीरगञ्जमा कार्यरत रहँदादेखिका निकटतम सहिद तेजबहादुर अमात्यले गर्नुभएको थियो ।
    वि.सं. १९०३ साल असोज २ गतेको राती नरसंहार कोतपर्व मच्चाएर टुकीको गाजलले रानी राज्यलक्ष्मीबाट ल्याप्चे लगाएर तमसुक गरी जंगबहादुरले हत्याएको राज्यसत्ता फिर्ता ल्याई प्रजातन्त्र र विकासको बाटोमा लगाउन १०४ वर्ष लाग्यो । यस्तो युगान्तकारी परिवर्तन नेपाली धर्तीमा ल्याउन, मानौ नियतिले नेपाली काँग्रेसलाइ पर्खिरहेको थियो । काँग्रेस र उसका संघर्षको पहिलो लक्ष्य पूरा हुन गईरहेको थियो ।
    २००७ साल आश्विन १० र ११ गते यही थोत्रो गोदामघरमा बसेर नेपाली काँग्रेसका करिब दुईसय प्रतिनिधिहरुले नेपाललाई अन्धकार र पशुवत जीवनबाट उज्यालो नवयुगतिर लैजाने भाग्य र भविष्यको लागि मर्न तयार भएर जनक्रान्तिको घोषणा गरे । तर उक्त सम्मेलनमा गणेशमान सिंह भने उपस्थित हुनुभएको थिएन । गणेशमानजी र सुन्दरराज चालिसेलाई काठमाडौं मोर्चा को जिम्मेवारी दिनुका साथै जनक्रान्तिको लागि स्थलगत व्यवस्थापन, तयारी र संयन्त्र निर्माण गर्न पार्टीले त्यो बेला काठमाडौं पठाएको थियो । इन्द्रजात्राको दिन बसन्तपुरमा भेला हुने राणा शासकहरुलाई बम आक्रमणद्वारा उडाइदिने मिशन बोकेर केही हातहतियार सहित उहाँहरु काठमाडौं आएर अत्यन्त गोप्य तवरले तयारी गरिरहनु भएको थियो ।
    बैरगनिया सम्मेलनले नेपाली काँग्रेसको सम्पूर्ण ताकत देशभित्र एकत्रित गर्ने प्रस्ताव पारित गर्‍यो, अब उप्रान्त नेपाली काँग्रेसले नेपालभित्रै काम गर्नेछ र राणा शासन समाप्त पार्न छिट्टै सशस्त्र क्रान्ति गर्नेछ । सो सम्मेलनले पार्टीका सभापति माृतकाप्रसाद कोइरालालाई क्रान्तिका डिक्टेटर चयन गर्‍यो । निर्णय र आदेश अनेकतिरबाट हुँदा लक्ष्य हासिल हुँदैन भन्ने परिणाममुखी निष्कर्षका साथ उहाँलाई डिक्टेटर बनाइएको थियो । डिक्टेटर कोइराला ले भन्नुभयो, हाम्रो यो संघर्ष भारतको झन् १९४२ को अगस्त क्रान्तिजस्तो हुनेछ ।
    वैरगनिया सम्मेलनले पूर्वी क्षेत्रमा क्रान्ति सञ्चालनको सम्पूर्ण निर्णय अधिकार बीपी कोइरालालाई र पश्चिम क्षेत्रको सम्पूर्ण निर्णय अधिकार महेन्द्र विक्रम शाहलाई सुम्पियो । दुवै क्षेत्रको कमाण्ड समन्वय सुवर्ण शम्शेरको जिम्मामा थियो । साथै १२ वटा मोर्चाको कमाण्डरमा काठमाडौं उपत्यकाको लागि गणेशमान सिंह, कैलाली कञ्चनपुरको लागि सीबी सिंह, नेपालगञ्जको लागि बाबुकृष्ण शर्मा, तौलिहवाको लागि भक्ति शम्शेर, शिवराज खजहनीको लागि गोपाल शम्शेर, भैरहवाको लागि डा. केआई सिंह, नवलपरासीको लागि बालचन्द्र शर्मा, बारा पर्सा रौतहटको लागि थीरबम मल्ल र तेजबहादुर अमात्य, जनकपुरको लागि रुद्रप्रसाद गिरि, सप्तरीको लागि कृष्णप्रसाद भट्टराई, विराटनगरको लागि केशवप्रसाद कोइराला र झापाको लागि भैरवप्रसाद आचार्य तोकिनु भयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड