
– डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
मैले म तपाईहरुले दिएको ठाउँबट उठ्दिनँ, मलाई निगाहको पात्र बन्न स्वीकार्य छैन, उठ्नु छ भने आप्mनो योजनाका साथ उठ्छु भने । उहाँहरुले मनोनयनबाट आउनुहोस् भन्नुभयो । त्यो पनि स्वीकार गरिन । मेरो चाहना पनि थिएन । पछि संयुक्तरुपमा आग्रह गरेपछि मैले स्वीकारेँ । यो गिरिजाबाबुको उदारता हो । नेताहरुप्रतिको उचित सम्मान थियो । यो राजनीतिक संस्कार हामीले उहाँबाट सिक्नुपर्छ ।
प्रदीप गिरी नेपाली काँग्रेसका नेता हुनुहुन्छ । उहाँ वरिष्ठ राजनीतिक विश्लेषक पनि हो । उहाँ गिरिजाबाबुलाई स्मरण गर्दै भन्नुहुन्छ :
कुनै पनि मानिसले आप्mनो उचाई एकै दिनमा प्राप्त गर्दैन । जन्मेको शिशुले विस्तारै आप्mना अङ्गप्रत्यङ्ग हासिल गर्छ । राजनीतिमा पनि मान्छेले लागेको दिनदेखि व्यक्तित्वका आयाम प्राप्त गर्न थाल्छ ।
वि.सं. २०१७ अघि लामो समयसम्म नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको एकल परिचय थिएन । उनको राजनीतिक यात्राको कुरा गर्दा बिपी कोइरालालाई सँगसँगै सम्झिनुपर्ने हुन्छ । साँच्चै भन्ने हो भने गिरिजाप्रसादको जीवनको पूर्वाद्धमा नेपाली काँग्रेसका चार नेता भनेर चिनिन्थे । चार नेता क्रमशः बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय थिए । यी चारपछि अरु कसैको नाम उच्चारण गर्न खोज्दा कृष्णप्रसाद भट्टराईको नाम आउँथ्यो । भट्टराईलाई त्यतिन्जेल पाँचौ स्थानमा राख्न सकिन्थ्यो । त्यसबाहेक २०१५ सालताका नेपाली काँग्रेसका पदाधिकारी आप्mनो महत्व हुन्थ्यो । त्यस्ता पदाधिकारी कहिले श्रीभद्र शर्मा हुन्थे, कहिले विश्वबन्धु थापा । महामन्त्री भइरहेकाहरु हुन्थे । बाँकी गिरिजाप्रसादको हाराहारीका र त्यही हैसियत भएका झण्डै दुईसय नेताहरु थिए । ती मध्ये एक सयले पार्टीका तर्फबाट आमनिर्वाचनमा उम्मेदवारका लागि टिकट पाए । कोही जिल्ला सभापति भए । कोही राष्ट्रिय सभामा आए । ती दुईसय नेतामध्ये गिरिजाप्रसादमा कुनै खास विशिष्टता देखिएको थिएन । क्रमशः









