• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:57 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आदर्श विद्यालयबाट शैक्षिक क्रान्ति

  • १५ चैत्र २०८१, शनिबार १८:४१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    व्यापारको सिलसिलामा कलकत्ता आवतजावत बढेपछि उहाँमा राजनीतिक चाख र कृयाकलाप बढ्नथाल्यो । छोरी तथा बुहारीलाई पनि छोरासरह शिक्षा दिने, उनीहरुलाई पौडी खेल्न, घोडा चढ्न लगायतका आत्मनिर्भरवादी शिक्षा दिनमा उहाँको जोड हुन्थ्यो ।
    चन्द्र शम्शेरको शासनमा पहिले त शासन सत्तासँग कृष्णप्रसाद कोइरालाको राम्रो सम्बन्ध थियो । उहाँकै सल्लाहमा चन्द्र शम्शेरकी पत्नी अध्यक्ष र उहाँकी धर्मपत्नी दिब्या कोइराला सचिव भएको नेपालमा पहिलोपटक महिला समिति गठन भएको थियो । भन्सारको सरकारी आम्दानी उठाएर दाखिला गर्न अमानतमा भन्सारको ठेक्का दिने त्यो बेलाको प्रचलनअनुरुप कृष्णप्रसादले ठेक्का पाउनु भएको थियो । तर सरकारले तोकिदिएको अनिवार्य आम्दानी रकम भन्सारबाट उठ्न सकेन । सरकारी हिसाब बुझाउने ताकेता र दबाब बढ्न थालेपछि, कंगाल जनता बसेको मुलुकमा कसरी सरकारको भन्सार उठ्नसक्छ भन्ने सांकेतिक विरोध देखाउन, एकदिन कृष्णप्रसाद कोइरालाले सिराहाको माडर चन्द्रगञ्ज मा झुत्रा चिथरा लुगा लगाएर पहाडबाट आएका गरिब भरियाको समुहमध्ये एकजनाको लुगा नयाँ लुगासँग साटेर पार्सल गरी चन्द्र शम्शेरकहाँ पठाईदिनु भयो । त्यसपछि क्रुद्ध चन्द्र शम्शेरले उहाँलाई सर्वश्वहरण गरी पक्राउ गर्ने तारतम्य गर्न थालेको थाहा पाएपछि उहाँ भारत निर्वासनमा जानुभयो ।
    चन्द्र शम्शेरको शासन रहँदासम्म उहाँ ठूलो परिवारसहित बनारसमा बस्न पुग्नुभयो । बनारसमा बस्दा उहाँसहित देवीप्रसाद सापकोटा, सूर्यविक्रम ज्ञवाली, धरणिधर कोइराला मिलेर गोर्खाली नामक पत्रिका चलाउनु भयो । फालिदेउ डरको अब थैलो…. जस्ता कविता र चन्द्र शम्शेर शासनको रहस्य र पोल खोल्ने विवरण उहाँले छपाउने गर्दा चार वर्षपछि ब्रिटिश शासनले सो पत्रिकामा प्रतिबन्ध लगायो । त्यसपछि उहाँ हिन्दुस्तानका विभिन्न ठाउँमा यायावर जीवन बिताउँदै भौतारिँदै अन्त्यमा कोशी नदी किनार बिहारको दीपनगर टेडी भन्ने ठाउँमा फुसको झुपडी हालेर बस्न थाल्नुभयो । त्यहाँ उहाँले महात्मा गान्धीको सावरमती आश्रमबाट प्रभावित भएर त्यस्तै बनाउने प्रयासका साथ, आदर्श विद्यालय नामक स्कुल पनि चलाउनु भएको थियो ।
    भीम शम्शेर शासनमा आएपछि वि.सं. १९८६ मा उहाँले माफी पाएर निर्वासनबाट स्वदेश फर्किदा सो विद्यालयलाई उहाँले विराटनगरमा सार्नुभयो । काठमाडौं उपत्यकाबाहिर स्थापित भएको त्यो नै एकमात्र हाईस्कुल थियो । आदर्श विद्यालयले विराटनगरमा शैक्षिक क्रान्ति ल्यायो । प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, बीपीपत्नी सुशीला कोइराला, विश्वबन्धु थापा, नगेन्द्रप्रसाद रिजाल, तोलाराम दुगड, हंशरजा गोल्छा, डीपी अधिकारी, केशव र तारिणी कोइराला, सीपी लोहनी, युवराज शर्मा, हिन्दीका प्रसिद्ध उपन्यासकार/कथाकार फणीश्वरनाथ रेणु आदि त्यस विद्यालयका उत्पादन थिए ।
    वि.सं. १९९९ मा भारतीय जेल फोरेर नेपालमा बसेका भारतीय स्वतन्त्रता सेनानी जयप्रकाश नारायण, डा राममनोहर लोहियाहरुलाई विराटनगरको कोइराला निवासमा लुकाएर राख्ने गरेको झुठो अभियोग खडा गरी पोल लगाएपछि कोइराला निवासमा छापा मार्नुका साथै कृष्णप्रसाद पक्राउ पर्नुभयो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड