• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 07:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • करुणाको भावना समाजवादको भावना हो

  • ११ श्रावण २०८२, शनिबार १९:२९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    म यो कुरामा जोड दिएर भन्न चाहन्छु किनभने कहिलेकाँही समाजवादीहरु आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर यो बुँदालाई दोस्रो श्रेणी दिने गर्दछन् (सन् १९८१ फरबरीमा अस्ट्रेलियाको सिड्नीमा भएको समाजवादी सम्मेलनमा भाषण) ।
    – समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्दछ । समाजवाद तेस्रो विश्व भनौ या असंलग्न विश्वको स्वाभाविक पनि हो । समाजवादको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देहरु या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिष्ट तानाशाही या कुनै सुधार विरोधी प्रतिक्रियावादी, धार्मिक मौलिकतावादी तानाशाहीतिर (सन् १९८१ फरबरी सिड्नी) ।
    – हामी (तेस्रो विश्वका) समाजवादीहरुका अघिल्तिर एउटा ठूलो चुनौति छ । आज समाजवादको आकर्षणको केन्द्रविन्दु युरोपबाटठ हटेर तेस्रो विश्वमा पुगेको छ । जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमूनाका रुपमा सान्दर्भिक बनेको छ । (सन् १९८१ फरबरी, सिड्नी) ।
    – यो समाजवाद कुनै आर्थिक आन्दोलन मात्र होइन । मानिस त्यस्तो जन्तु होइन, जसको अन्तिम ध्येय भोकको निवारण मात्र हुन्छ । अर्थात् त्यस्तो जन्तु होइन जो खानको लागि मात्रै या खानेकुराको लागि मात्रै प्रेरणा पाउँछ, काम गर्छ र संघर्ष गर्छ । म यसै तथ्यलाई मान्दिन । हो यो पनि हुनसक्छ भने अर्को–अर्को पक्षहरु पनि छन् मानिसको (विराटनगरमा आयोजित विद्यार्थी आमसभा वि.सं. २०३६, जनआन्दोलनबाट) ।
    – नेपालको राजनीतिक परिप्रेक्षमा प्रजातन्त्र ल्याउनु समाजवादीहरुको सबभन्दा ठूलो कर्तव्य हो । प्रजातन्त्रवादी भनेपछि हामीहरुले त सबै प्रकारको छुट पाउँछौ–पाउँछौ । तर राजनीतिक समानताको दृष्टिकोणले हाम्रा विरोधीहरुले पनि छुट पाउनु पर्दछ । एउटा महत्वको कुरा के छ भने म तिनीहरुलाई मान्दिन तर यिनीहरुको आफ्‌नो कुरा सुनाउन, भन्न पाउनु पर्छ । त्यसको रक्षाको लागि आफ्‌नो ज्यान गुमाउन तयार छु भन्ने भावना प्रजातन्त्रवादीले राख्नुपर्छ (विद्यार्थी आमसभा २०३६, विराटनगर) ।
    – समाजवादको चर्चा आजमात्र चलेको होइन । समाजवादको नाउँ या त्यो देशको संरचना या प्रायेग पनि भएको थिएन होला । तर पनि मान्छेको मनमा समाज यस्तो हुनुपर्छ भन्ने विचारहरु थिए । हाम्रै मुलुकमा पनि बुद्ध जन्मिए । बुद्धलाई आफू र समाजलाई देख्दा एउटा करुणाको भाव जागृत भयो – अब म कसरी यो मान्छेको दुर्भाग्य हटाउँ भनेर । उनले एउटा बाटो लिए । म त्यसलाई समाजवादी बाटो भन्दिन । तर उनको यो भावना – मैले देखाएको बाटो भएन, मान्छेले यो बाटो पहिल्याएन भने उसलाई दुःखैदुःख हुन्छ भन्ने जुन भावना उनलाई आयो यो करुणाको भावना पनि समाजवादको भावना हो । जस्तै रामायण वा महाभारत जति पनि धार्मिक ग्रन्थहरु छन्, ती यस्तै भावनाबाट प्रेरित भएर लेखिए । त्यसकारण समाजवादको जरो हामीले खोज्दै गयौ भने त्यहाँ पुग्नुपर्छ, त्यहाँ पहिल्याउनु पर्छ । जसले सबभन्दा पहिले चिन्तन गर्‍यो होला आफू र आफ्‌नो समाजका सम्बन्धमा, त्यो त बडो अपर्याप्त अवस्था रहेछ भन्ने उसलाई लाग्यो होला । त्यही बखतदेखि नै समाजवाद सम्बन्धि विचार पनि आएको होला (नेवि संघ पाल्पामा वि.सं. २०३७ सालमा आयोजित विचारगोष्ठीमा राष्ट्रपुकार वैशाख २०, २०४२ को अङ्क) । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड